केदार दहाल
ललितपुर/ दक्षिण कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखा ग्वार्काे ललितपुरले भाषा परीक्षाको आवेदन खुलाएको छ ।
नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारी अन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक रुपले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अनुरूप आवेदन खुला गरिएको हो ।
आवेदनकाे सूचना प्रकाशित गर्दै पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ । शाखाका अनुसार परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने छ ।
इपिएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले मात्र आवेदन दिन सक्नेछन् ।