फ्रेण्डसिप खबर
Breaking खेलकुद गृह पृष्ठ बागमती प्रदेश

सहिद रित ब खड्काको स्मृतिमा सर्वाधिक राशिकाे भलिबल प्रतियोगिता चरिकोटमा हुने

केदार दहाल
दोलखा /दाेलखाकाे चरिकोटमा अहिलेसम्मकै सर्वाधिक राशीको प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता हुने भएको छ ।

“स्वास्थ्य, पर्यटन र राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ युवा सञ्जाल दोलखाको आयोजनामा आगामी फागुन २१ गतेदेखि स्व. रित बहादुर खड्का स्मृति भलिवल प्रतियोगिता हुने भएको हो । खड्काको स्मृतिमा हुन लागेको  प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ५१ हजार, द्वितीय पुरस्कार १ लाख ५१ हजार र तृतीय पुरस्कार ५१ हजार तथा सान्त्वना पुरस्कार २१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको युवा सञ्जाल दोलखाका अध्यक्ष पुष्कर अधिकारीले जानकारी दिनुभएकाे छ ।

याे वर्ष दाेलखामा निकै उत्साहका साथ भलिबल प्रतियोगिता कार्यक्रम हुँदै आएकोमा झन याे प्रतियोगिता सर्वाधिक राशीको भएकोले यस खेलमा धेरै समुहकाे सहभागिता रहने अनुमान गर्न सकिन्छ । जसमा बागमती प्रदेशभरका १३ वटै जिल्लाबाट खेलाडीहरु सहभागी हुन पाउनेछन् ।

यस खेलमा सहभागी जनाउनका लागि टिम दर्ता शुल्क रु १०,००० रहेकाे छ ।

याे पढ्न छुटाउनु भयाे की ?

सफल सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

Friendship Khabar

पत्रकार पुडासैनीकाे “वर पिपलु” गीतकाे भिडियो सार्वजनिक

Kedar Dahal

सुनचाँदी कला व्यबसायी संघको केन्द्रिय अध्यक्षमा घनश्याम रिजाल निर्वाचित

Friendship Khabar