फ्रेण्डसिप खबर
गृह पृष्ठ समाचार स्वास्थ्य

निरन्तर सहयाेग गर्दै दोलखाली समाज दक्षिण कोरिया

केदार दहाल
काठमाडौं/दोलखाली समाज दक्षिण कोरिया द्वारा टाउकाकाे जटिल बिरामिलाइ सहयाेग गरेकाे छ ।

दाेलखा जिल्ला बैतेश्वर गा पा वडा नं ३ चिलाउने खर्क निवासी प्रदिप दाहाललाइ रु १ लाख १८ हजार ८ सय ६९ रुपैयाँ सहयाेग गरेको छ। समाजका पुर्व अध्यक्ष सराेज के सि ले अस्पतालमै गएर बिरामीलाई सहयाेग रकम दिनु भएको हाे । बिरामीको राेघ भने अझै पत्ता लागेकाे छैन ।

दाेलखालि समाजले दाेलखाकाे शैक्षिक क्षेत्रमा धेरै अगाडिदेखि विभिन्न विद्यालय र विद्यार्थीलाई सहयाेग गर्दै आएको साथै विपन्न परिवार, दिर्घ राेघी र विपत लगायत धेरै क्षेत्रमा सहयोग गर्दै आएकाे छ ।

बिगत लामो समय देखि टाउकोमा समस्या आएकाे भनिए पनि अकस्मात बेहोस भई ढलेका दाहालकाे हाल नर्भिक अस्पताल थापाथली मा आइसियु उपचार कक्षमा उपचारार्थ रहेका छन् । बिरामिकाे आर्थिक अबस्था कमजोर रहेको हुँदा दोलखाली समाज दक्षिण कोरिया द्वारा १ साता सहयाेग अभियान चलाइ हिजाे बिरामिलाइ रकम हस्तान्तरण गरिएको हाे ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा माओवादी केन्द्र जिरि ७ नं. वडाकाे  कार्यालय उद्घाटन

Kedar Dahal

नेपाली काङ्ग्रेस बैतेश्वर काठमाडौं सम्पर्क समिति गठन

Friendship Khabar

कोरियाको उन्नत गाई जिरी आइपुग्यो

Friendship Khabar