फ्रेण्डसिप खबर
गृह पृष्ठ

गौरीशङ्कर बालगृहमा शैक्षिक परिवर्तन प्रतिष्ठानले अक्षयकोष स्थापना गर्ने

इश्वर दाहाल

गौरीशङ्कर बालगृह दोलखामा शैक्षिक परिवर्तन प्रतिष्ठानले बालगृह सञ्चालनको लागि ५ पाँच लाख रुपैयाको अक्षयकोष स्थापना गर्न प्रतिष्ठानका अध्यक्ष निरा शाक्य र बालगृह का अध्यक्ष रामप्रसाद सापकोटा साथै बालगृहका प्रमुख इश्वर दाहालकाे उपस्थितीमा एक कार्यक्रमका बिच अक्षयकोष सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ। क्षयकोषकाे रकम बालगृह र प्रतिष्ठान को संयुक्त नाममा बैंक  खाता संचालन गरी त्यसबाट आउने व्याजबाट बालगृहका बालबालिकाको आकस्मिक स्वास्थ्य उपचार, पौष्टिक आहार लगायतमा खर्च गर्ने गरि यो उक्त कार्यको थालनि भएकाे हाे । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा शैक्षिक परिवर्तन प्रतिष्ठानका अध्यक्ष निरा शाक्य, सचिव बाबुकाजि कार्की, सहसचिव रुमा मानन्धर, कोषाध्यक्ष इन्द्रबहादुर श्रेष्ठ , सदस्य अरबिन्द लाल जोसि, महेश्वर रेग्मी लगायत गौरीशंकर बालगृह दाेलखाका पदाधिकारीशरुको सहभागीता रहेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

विदेशि भुमिमा गरेकाे श्रमबाट विद्यार्थीलाई पाेषाक वितरण

Kedar Dahal

समाजवादी दोलखा द्वारा प्रशासनमा ११ बुदे ज्ञापन पत्र,यस्ता छन मागहरू

Nabin Kumar Khatiwada

मजदुरका समस्या बारे नेकपा एस वैतेश्वरको ध्यानाकर्षण

Friendship Khabar