फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

एक पुरुषद्वारा वैतेश्वर माविकि शिक्षिका तामाङ माथि आक्रमण

दाेलखा/दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ६ नाम्दुमा रहेकाे वैतेश्वर माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षिका उषा तामाङ माथि आज बिहान एक पुरुषद्वारा आक्रमण भएको छ ।

बिहानीकाे कक्षा सकाएर विद्यालयबाट घर जाने क्रममा बाटोमा कुरेर बसेका एक पुरुषले आक्रमण गरेका हुन् । आक्रमणको क्रममा ती पुरुषले तामाङलाई हुत्याएर लडाउनुका साथै धारिलाे हतियार खुकुरी निकालि तामाङ माथि हान्न समेत लागेका थिए तर स्थानीयहरुले ती पुरुष माथि प्रतिकार गर्दै छुट्याइएकाे भिडियो वडा नं ६ काे कार्यालयकाे सिसि टिभि फुटेजबाट स्पष्ट देख्न सकिन्छ।

साे पुरुष भीमेश्वर नगरपालिका ५ का सुन्दर अधिकारी रहेका छन् । अधिकारी शिक्षिका तामाङका फुपुका छाेरा हुन् । उनिहरुकाे केही समय अगाडिदेखि जग्गाको बिषयमा बिबाद चलिरहेको थियाे ।

याे पढ्न छुटाउनु भयाे की ?

युवा शक्तिलाई विकास निमार्णमा परिचालन गरिने : श्रम मन्त्री कुँवर

Friendship Khabar

अनेरास्ववियु वैतेश्वरकाे अध्यक्षमा सुशील दहाल

Friendship Khabar

प्रेम पूर्ण प्रताप फाउण्डेशन द्वारा न्यानो कपडा वितरण

Friendship Khabar