फ्रेण्डसिप खबर
गृह पृष्ठ लेख तथा रचना

हराउँदै वास्तविकपन नातिनातिनाहरुले चिन्न छाडे हजुरबुबा/आमा

मेरो सोचाइ अनि कामको तालमेल मिल्ने भए म सारा संसार एक्लै बदलिदिन्थे । म सानो हुँदै गर्दा मेरो दिमाग अनेकौं महत्त्वकांक्षाले भरिएको हुन्थ्यो । तर, गर्न भने के नै सकिन्थ्यो र सानो दिमागलाई बल लगाउनु बाहेक । सानो दिमागमा धेरै कुरा सोचिन्थ्यो । म त कायापलट नै गर्दिन सक्छु परिवर्तन त उथुलपुथुल नै हुने गरी ल्याइदिन सक्छु । यस्ता कुराले एकछिन मनलाई आनन्द त दिन्थे नै तर वास्तविकता नहुँदै गर्दा एकतर्फी भने खल्लो महसुस चाहिँ हुन्थ्यो । अब अहिले केही कुरा बुझ्न सक्ने केही गर्न पनि सक्ने भइयो तर ती पहिलेका सोच भने आउँदैनन् फेरि ? परिवर्तन सम्झिदै गर्दा कायापलट गर्न सकिने ती सोच ती विचार, ती मनका भाव, त्यो सोच आउँदै गर्दाको उत्कर्ष शक्ति कहाँ बिलिन भएका छन् मसँग यसको उत्तर छैनन् आजभोलि ।


सानो छंदै गर्दा होस या विद्यालयमा हुँदै गर्दा यस्ता महत्त्वकाइक्षाले पुरे दिमाग भरिएको हुन्थ्यो । सायद महत्वकांक्षा एक कल्पना हुनुपर्छ मलाई कल्पनामा यांच्ने आदत बसेको हुनुपर्छ । सपनाहरू ठूला देख्ने र काममा भने शून्य हुँदै गर्दा मनभित्र नैरास्यता भन्दा के नै पैदा हुन सक्थ्यो र ? सायद यो मेरो केटाकेटीपन थियो कि या अरु केही को हुटहुटी ?
केटाकेटीपनमा कल्पनामा बाँच्ने आदत वास्तविक जीवन नहुँदै गर्दा मलाई प्रत्येक दिन नैरास्यता, दुःखी र एक्लो भन्दा अरु केही पनि दिन सकेन । यद्यपि कल्पनामा जिउनु रमाइलो र एक आनन्द थियो, मलाई कल्पनामा जिउन एकदमै मज्जा लाग्थ्यो, धेरै खुसी भेट्थे । सायद मैले केटाकेटीपनको भरपुर मज्जा लुटे । नशा पनि त्यस्तो के लाग्छ होला र जब कोही मान्छे कल्पनामा मस्त डुबेको हुन्छ उसको डुबाइ यस्तो हुन्छ कि उसलाई लाग्छ उ समुन्द्रको गहिराईमा छ, पृथ्वीको केन्द्रीय सतहमा छ, उ छ त आफ्नै मस्त तालमा छ । उ छ त मस्त आफ्नै सुरमा छ । उ छ त आफ्नै छुट्टै संसारमा छ तर ऊ वास्तविकतामा कता छ
?
कल्पनाको डुबाइमा यस्तो मज्जा हुन्छ कि, नघुमेको कुनै देश हुँदैना नगरेको कुनै काम हुँदैन । नखाएको कुनै खाना हुँदैन। नघुमेको
कुनै ठाउँ हुँदैन । घर, गाडी, धनसम्पत्ति, दौलत, ज्ञान, विज्ञानले भरिपूर्ण हुन्छ, विश्व सुन्दर आफै हुँ जस्तो लाग्छ । ऊ केही नभएर पनि सबै कुरा हुन्छ विद्यार्थी हुन्छ । शिक्षक हुन्छ । कृपक हुन्छ । डाक्टर हुन्छ । पाइलट हुन्छ । इन्जिनियर हुन्छ । तर वास्तविकतामा यो एक कल्पना हुन्छ ।
समय बित्दै जाँदा केही बुझ्ने हुँदै जाँदा कल्पनामा यांच्दै गर्दा वास्तविकता धेरै पर पुगिसकेको हुन्छ । जय थाहा हुन थाल्दछ तब लाग्दछ वास्तविकता एक ग्रह हो भने कल्पना अर्को ग्रह सोचौं त ग्रहहरु बीचको अन्तर, ठ्याक्कै यस्तै ।
वास्तविकताले कल्पनालाई नराम्रोसँग झापड हानिदिन्छ तब केही होसमा आए जस्तो हुन्छ । वास्तविकता धेरै पर पुगिसकेको हुन्छ । वास्तविकताले धेरै कुरा जिइसकेको हुन्छ तब कल्पनामा बाँच्ने मान्छेलाई थाहा हुन्छ कि वास्तविकताले कति गिज्याइरहेको छ, साह्रै लाज हुन्छ ।
सायद म यस्तो समाजमा हुर्किए जहाँ कल्पनामा बाँच्न सिकाइयो नराम्रो या कमजोर वास्तविकतालाई पोलिस गरेर राम्रो देखाउन सिकाइयो । सायद म यस्तो देशमा छु जहाँ कल्पनामा यांच्न सिकाइन्छ कल्पनाको कुरा गरेर खुसी साटिन्छ र कल्पनामै जिउनको लागि बाध्य गरिन्छ त्यसैले त होला मेरा ती कलिला मस्तिष्कमा कल्पनाको त्यति गहिरो छाप परेको हुनसक्छ । समाज, घरपरिवार र राष्ट्रले कल्पनामा बाँच्न सिकाइरहेको छ भने मेरा ती कलिला मस्तिष्कले यथार्थ र सही सत्य कुरा कहाँबाट सिकुन ? कठैबरी ! एउटा सानो उदाहरण धेरैजसो हामीहरू स्टिलको थालमा भात खान्छौं अनि पाहुना आउँदैगर्दा चरेशको थाल निस्किन्छ सायद यहां पनि केही वास्तविकता र सत्य लुकेको हुनुपर्छ या पाउनालाई गतिलो सत्कार हुनुपर्छ । यसो हुँदै गर्दा वास्तविकता कतै न कतै हराइरहेको छ वास्तविकतालाई कम प्रसय दिँदै गर्दा कल्पनालाई त कतै अंगालीरहेका छैनौं ? मेरा ती कलिला मस्तिष्कमा यी र यस्तै कुराको छाप बसेको त होइन ?
नेपाल देवहरूको तपोभूमि, ऋषिमुनिहरूको कुडाभूमि, विश्वमा शान्तिको सन्देश छर्ने बुद्धको भूमि आज वास्तविकताबाट पर जिउँदै गर्दा भौतिक सुख सुविधालाई अँगाल्दै गर्दा हामीले आफ्नो पृष्ठभूमि बिर्सेका छौ । हामीले आफ्नो माटो बिर्सेका छौ । हामीले आफ्नो भेषभुषा, भाषा संस्कृति, संस्कार सबै
बिर्सेका छौ । हामीले आफ्नो इमान्दारिता बिर्सेका छौं । हामीले मानवता बिर्सेका छौ । हामीले सहयोगको भावनालाई तिलाञ्जली दिइरहेका छौ । आज म म हुन सकिरहेको छैन । वास्तविकतालाई निचोडी निचोडी आनन्दसँग एउटा जीवन जिउन सकिरहेको छैन । मलाई कल्पनामा आनन्द लाग्छ आनन्दको पछि जीवन त्याग गरिरहेको छु- म मेरा लागि यांचिरहेको छैन । म कसका लागि बाचिरहेको छु ?
वास्तविकता एक यस्तो सत्य हो, जो कोहीलाई वास्तविकतामा जिउन साह्रै गाह्रो हुन्छ । किनकि, हामीलाई कल्पनामा जिउने यानी परेको छ । कल्पनामा रमाउने बानी परेको छ । अनि कल्पना एक हिसावले रमाइलो पनि छ र न त हामी यसको पछिपछि यसरी भागिरहेका छौ । तर वास्तविकताको भ्यालु कुनै बहुमूल्य कल्पनाले कल्पनाले किन्न सक्दैन । तपाईंलाई सुखसँग बांच्न दिदैन यसले हरेक दिन तपाईंलाई नैरस्यता, निराश, दुःखी बनाइरहन्छ तर वास्तविकताले तपाईलाई सधै खुसी र सुखी बनाइरहन्छ । पानीलाई पानी हुन दिनुपर्छ । हावालाई हावा हुन दिनुपर्छ । माटोलाई माटो हुन दिनुपर्छ । पानीको प्यास कुनैपनि बोतलमा भरिएको पेअ पदार्थले मेटाउन सक्दैन । पेअ पदार्थ जतिसुकै महंगो र राम्रो नै किन नहोस् ।
तसर्थ हामी सबै वास्तविकतामा जिउने प्रयत्न गरौं । हाम्रो इमान्दारिता, हाम्रो मानवता, हाम्रो भावना, हाम्रो माटो हाम्रो हावा, हाम्रो पानी, हाम्रो भेषभुषा, हाम्रो भाषा, हाम्रो सत्कार, हाम्रो संस्कृति सबैलाई बचाइराखौं । यो नै हाम्रो पहिचान हो। यो नै हाम्रो वास्तविकता हो । आज वास्तविकतालाई बिर्सिदै गर्दा हाम्रो साथीभाइहरु टाढिएका छन् । समाजिक बेमेल छ । समाजमा नकारात्मक प्रतिस्पर्धा बढेको अवस्था छ । युवापुस्ताविहीन कमजोर राष्ट्र बन्दैछ । छोराछोरीले आमाबुबा बिर्सेका छन् । नातानातिनीहरुले हजुरबा, हजुरआमा, काका, काकी नचिन्ने भएका छन् । त्यसैले अब हामी कल्पनामा होइन वास्तविकतामा जिएर यो सुन्दर जीवनको उपहारलाई निचोडी निचोडी आनन्दसंग जिउनुपर्छ ।
टंक बहादुर श्रेष्ठ
जनस्वास्थ्यकर्मी

याे पढ्न छुटाउनु भयाे की ?

बागमती प्रदेश प्रमुख शर्मा:-सुरेलबस्ती पुगेर बुझे सुरेलका सवाल

Friendship Khabar

नेकपा एस दोलखाको अध्यक्षको कार्यभार अशोक दहाल लाई

Nabin Kumar Khatiwada

एमाले-राप्रपा र परिवार दलबीच देशभर गठबन्धन गर्ने सहमति

Friendship Khabar