फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी धर्म र संस्कृति पर्यटन

कालिञ्चाेकमा पर्यटककाे सुविधाका लागि फलामे बेञ्च(फोटो फिचर)

चरिकोट/प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चाेकमा अब पर्यटकहरूका लागि विश्राम लिन सहज भएको छ ।

ठाडाे उकालाे बाटाे चढेर मन्दिर पुग्न उसै पनि कठिन छ, त्यसमाथि केही बेर थकाइ मार्न बस्ने ठाउँ समेत नभएकाे ठाउँमा समाजसेवी सारादा उप्रेती घिमिरेले सहज बनाइ दिनु भयाे ।
उप्रेतीले कालिञ्चाेक मन्दिर पुग्न भक्तजनहरूलाई लक्षित गरि विभिन्न ठाउँमा फलामे बेञ्च राखिदिनु भएको छ । स्थानीय मन्दिर व्यवस्थापन समिति मार्फत मन्दिर र बाटाेमा बेञ्च राखेपछि दैनिक सयाैं यात्रु लाभान्वित भएका छन् । ३० थान फलामे बेञ्च कालिञ्चाेकसम्म ढुवानी गरेपछि स्थानीयले व्यवस्थापन गरेका हुन् । बेञ्च लिएर बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, व्यवसायी राजेश उप्रेती सहित सारादा उप्रेती आफैं कालिञ्चाेक पुग्नु भएको हाे ।

आफ्ना बुबा काशीनाथ उप्रेतीको सम्झनामा यस अघि पनि वैतेश्वर गाउँपालिकाका सार्वजनिक स्थान, जिरी उद्योग वाणिज्य संघ मार्फत जिरी बजारमा र विभिन्न मन्दिर तथा सार्वजनिक स्थानमा यस्ता बेञ्च राख्नु भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

बहुविवाहलाई कानूनी मान्यता नदिन प्रशासन मार्फत सरकारको ध्यानाकर्षण

Nabin Kumar Khatiwada

दोलखा शहरको संस्कृति तथा ऐतिहासिक सम्पदाहरु

sanjeet

नि: शुल्क स्वास्थ शिविर सम्पन्न

Kedar Dahal