फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ देश बागमती प्रदेश शिक्षा स्थानीय समाचार

शिक्षक संगठन द्वारा वृद्धाश्रममा सहयोग

चरिकोट/नेपाल राष्ट्रिय शिक्षक संगठन भिमेश्वर समितिले चरणावती वृद्धाश्रमका वृद्धहरुलाई विभिन्न सहयोग गरेको छ।
समितिले चरणावती वृद्धाश्रमका आमाहरूको लागि चौबन्दी बाहरुको लागि जाडोको न्यानो ज्याकेट साथै तातोपानीको थर्मस पानी तताउने कितलीदेखि पोषणयुक्त खाद्य सामानहरू गरेको हो।

सङ्गठनकाे निति र वार्षिक कार्ययाेजना अनुसार चर्णावती वृद्धाआश्रममा रहनु भएका वृद्ध वृद्धाहरूलाई खाध्यन्न लगायत अन्य आवश्यक सामाग्रीहरू सङ्गठनका वागमति प्रदेश इन्चार्ज शङ्करलाल श्रेष्ठले वृद्धाआश्रम व्यवस्थापन समितिका अध्यक्ष गुणबहादुर वुढाथाेकीमार्फत वृद्धाआश्रमलाई हस्तान्तरण गर्नु भएको सङ्गठनकी सह कोषाध्यक्ष उर्मिला खड्काले जानकारी दिनुभयो ।

वृद्धाश्रमको तर्फबाट अध्यक्ष गुण बहादुर बुढाथोकीले सहयोग गर्ने शिक्षक संगठनको उत्तरोत्तर प्रगतिको कामनाका साथै हार्दिक आभार तथा नमन व्यक्त व्यक्त गर्दै सम्पूर्ण अन्धकारबाट उज्यालो तर्फ डोर्याउने देशकै सबैभन्दा उच्च पद हासिल गर्न सक्ने क्षमता प्रदान गर्ने शिक्षक तथा गुरुजनहरूमा आगामी दिनमा पनि सहयोगको अपेक्षा सहित चरणावती सेवा केन्द्र परिवारको तर्फबाट धन्यवाद व्यक्त गरेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

शिक्षासँगै, स्वास्थ्य र सुस्वास्थ्यको क्षेत्र विद्यालय – जनस्वास्थ्यकर्मी श्रेष्ठकाे लेख

Kedar Dahal

निता राउत फाउण्डेशन द्वारा न्यानो कपडा बितरण

Friendship Khabar

समाजवादी दोलखाको तीनै तहका सरकारलाई ध्यानाकर्षण पत्र

Friendship Khabar