फ्रेण्डसिप खबर
Breaking कभर स्टाेरी गृह पृष्ठ स्थानीय समाचार

माघ ९ देखि प्रशासनको सेवा प्रवाहमा आलोपालो,समय तालिका सहित

चरिकोट/जिल्ला प्रशासन कार्यालय दोलखाले नागरिकता,राहादानी लगाएतका सेवाप्रवाहमा आलोपालो गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय दोलखा द्वारा जारी सूचना अनुसार पछिल्लो केही दिनयता कोभिड १९ संक्रमणको दर उच्च रुपमा वृद्धि भैरहेको परिप्रेक्ष्यमा कार्यालयमा रहेको सेवाग्राहीको चापका कारण संक्रमणको उच्च जोखिम भई सेवाग्राही समेतमा संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी माघ ०९ गतेबाट लागू हुने गरी कार्यालय बाट प्रवाह हुने नागरिकता र राहदानी लगायतका सेवा प्रवाह सम्बन्धमा समय तालिका निर्धारण गरिएको जनाएको छ।

जस अनुसार प्रत्येक हप्ताको आइतवार, मंगलवार, विहिवार जिरी नगरपालिका, तामाकोशी गाउँपालिका,वैतेश्वर गाउँपालिका र ईलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्र बाहेकका गौरीशंकर गाउँपालिकाका वडा हरु का नागरिक लाई सेवा दिइनेछ भने सोमवार, बुधवार, शुक्रवार सेवा प्रवाह गरिने स्थानीय तहहरुमा भीमेश्वर नगरपालिका,मेलुङ गाउँपालिका,शैलुङ गाउँपालिका र ईलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्र बाहेकका कालिन्चोक गाउँपालिकाका वडाहरुका लागि समय तालिका तोकिएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुरले जानकारी दिनु भयो।

याे पढ्न छुटाउनु भयाे की ?

भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा द्रुत बस सेवाको अनुगमन

Friendship Khabar

नव जन उत्थान साकोषद्वारा आर्थिक सहयोग

Friendship Khabar

शिक्षक संगठन द्वारा वृद्धाश्रममा सहयोग

Nabin Kumar Khatiwada