फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार

सामाजिक सुरक्षा कोषलाई बहुआयामिक बनाउँदैछौ :-श्रम मन्त्री

काठमाडौं/श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषलाई बहुआयामिक बनाउन आफुले पहल गर्ने बताउनु भएको छ ।
बिहीबार तराई विकास तथा सञ्चार केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले श्रमिकलाई न्याय मिल्ने गरी सामाजिक सुरक्षा कोषलाई सरल, सहज र बहुआयामिक बनाइन  आफुले पहल गर्ने   बताउनु भएको हो ।
उहाँले देशका दक्ष युवाहरु रोजगारीका लागि विदेशिने भएकाले उहाँहरुलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटीने बताउनु भयो । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि भएका कानुनी समस्यालाई समाधानका लागि आफुहरुले टिम बनाएर पहल गरिरहेको पनि मन्त्री कुँवरले बताउनु भएको छ । वैदेशिक रोजगारीमा पसिना बगाउने कामदारको मुल्य र सुरक्षाको लागि सरकारले विभिन्न निकायसँग पहल गरेर काम गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा उहाँले देश भित्रै रहेका दुई वटा क्षेत्र पत्रकारीता र कलाकारितामा आवद्ध श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा कोषमा समेटनु पर्ने धारणा राख्नु भयो । मन्त्री कुँवरले भन्नु भयो, ‘जसले देशलाई योग्दान दिएका छन् उहाँहरु नै यो सुविधाबाट बञ्चित हुनु परेकोमा दुख लागेको छ । त्यसैले पत्रकारिता र कलाकारिता क्षेत्रमा आवद्ध श्रमिकहरुलाई समाजिक सुरक्षा कोषको दायरामा ल्याउनु आवश्यक छ ।’
त्यस्तै कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले पनि वैदेशिक रोजगारीमा गएका कामदारलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोष नेपालको गरिबी हटाउन र जागिरबाट अवकाश पाइसकेपछिको जिवन बिताउन एउटा महत्वपूर्ण हतियार बन्ने बताउनु भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

बर्मा लामा दोलखा २ मा ठुलोे अन्तरले जित निकाल्ने दावी

Friendship Khabar

जनसचेतनद्वारा मैनापोखरी बजारमा वृक्षरोपण

Friendship Khabar

गाउँ पालिकाकाे स्थायी केन्द्र ताेकेकाे २४ घण्टा नबित्दै वडा अध्यक्ष द्वारा प्रमुखकाे कार्यकक्षमा ताेडफाेड

Friendship Khabar