फ्रेण्डसिप खबर
गृह पृष्ठ

नेकपा माओवादी केन्द्र जिरि ७ नं. वडाकाे  कार्यालय उद्घाटन

जिरी/ नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र जिरी वडा कमिटी ७ को खावामा सम्पर्क कार्यालय उद्घाटन भएको छ । शुक्रबार नेकपा माओवादी केन्द्र प्रदेश सदस्य एंव जिरी नगर कमिटी इन्चार्ज तेज बहादुर गोले ले एक कार्यक्रम बिच कार्यालय उद्घाटन गर्नुभएको हो ।

यस अघि वडाको स्युन्टाकमा वडा कमिटी पार्टी कार्यालय स्थापना भैसकेको छ । वडा कमिटी अध्यक्ष हस्त जिरेलको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज गोलेले आगामी स्थानीय निकायको चुनाबमा जिरी नगरपालिका माओवादी केन्द्रले जित्नुको बिकल्प नरहेको बताउनुभयो । नौ ओटा वडा रहेको जिरीमा सबै वडामा आफ्नो पार्टीले बिजय हासिल गर्ने र सो को लागि आफुहरु पुर्ण केन्द्रीत भएको उहाँले बताउनुभयो ।

नगर कमिटी अध्यक्ष गेल्बु शेर्पा, सचिब केन्द्रज्योती खड्का, काठमाडौ जिरी सम्पर्क समितीका अध्यक्ष कर्मा शेर्पा लगायतले वडा कमिटीलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै निर्धक्क संग आगामी स्थानिय निकाय चुनाबमा सहभागी भइ माओवादी केन्द्रलाई बिजय गराउन उपस्थित सबैमा अपिल गर्नुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा बाट सिफारिस भएका रुद्रबहादुर खड्का यस्तो छ राजनैतिक पृष्ठभुमि

Nabin Kumar Khatiwada

आज विश्व क्यान्सर दिवस – खावा बजारमा क्यान्सरको उच्च जोखिम

Kedar Dahal

नेता कँडेल एमाले परित्याग गर्दै नेकपा एसमा समाहित

Friendship Khabar