फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

जनसचेतन द्वारा मैनापोखरीमा डस्वीन वितरण

मैनापोखरी/जनसचेतन वचत तथा ऋण सहकारी संस्था द्धारा मैनापोखरी बजारमा डस्वीन तथा स्ट्यान्ड बितरण गरिएको छ।

११२औ अन्तरास्ट्रिय नारी दिवसको अवसरमा संस्थाको मुख्य कार्यालय मैनापोखरि बजार वरपरको फोहोर मैला व्यवस्थापन गरि वजार सफा राख्ने उदेश्यले ३० वटा डस्वीन तथा स्ट्याड वितरण गरिएको हो।

डस्विन बितरण कार्यक्रम संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईको अध्यक्षतामा प्रमुख अतिथि वैतेश्वर गाउँपालीका अध्यक्ष छवि लामाले गर्नुभएको हो। कार्यक्रममा वैतेश्वर गाउँपालिका वडा नं ४ र ५ का वडा अध्यक्षहरु कुमार चौलागाई, माधव बहादुर वस्नेत, उद्योग वाणिज्य संघ मैनापोखरि शाखाका अध्यक्ष गंगा बहादुर बुढाथोकी, इलाका प्रहरी कार्यालय मैनापोखरिका प्रमुख बिजुले भुजेल, जलदेवि मावि का शिक्षक मोहनकृष्ण शर्मा,भविष्य निर्माण महिला साकोषकी सञ्चालक सदस्य सरिता वस्नेत लगाएतको उपस्थितिमा रहेको थियो।

सहकारीका सात सिद्धान्त मध्य सामाजिक दायित्व अन्तर्गत पर्यावरणीय जवाफदेहीता स्वरुप यस्तो सहयोग गरेको बताउदै जुन कुरा दिगो बिकास लक्ष्य प्राप्तिमा सहकारीको भुमिका भित्र समेत पर्ने संस्थाका बरिस्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

खेलकुद बिकास समितिमा शिवाकोटी

Friendship Khabar

वैतेश्वरमा जनता संग काङ्ग्रेस अभियान शुरु, तोकियो संयोजकहरू

Friendship Khabar

संघीय संसद निर्माण कार्यमा ढिलाई नगर्नू- मन्त्री चौधरी

Friendship Khabar