फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति

एमाले नेता उप्रेती द्वारा पार्टी परित्याग

दोलखा /नेकपा एमाले दोलखाका नेता शान्त बहादुर उप्रेतीले पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका छ्न।
दोलखाको वैतेश्वर ७ मार्बु स्थाइ घर भएका उप्रेती नेकपा एमाले का प्रभावशाली नेता हुन।साविक नाम्दु गाबिसका अध्यक्ष रहेका उप्रेती नेकपा एमालेको जिल्ला कमिटी सदस्य तथा विभिन्न जिम्मेवारीमा रहि राजनीतिमा सकृय रहेका थिए।
आइतबार प्रेश बिज्ञप्ती जारी गर्दै पछिल्लो राजनैतिक घटनाक्रम र आफ्नो ब्यक्तिगत कारण देखाउदै उनले पार्टी परित्याग गरि हाललाई स्वतन्त्र रहने घोषणा गरेका छ्न।
बिज्ञप्तीमा भनिएको छ “राजनीतिक जीवनमा निक्कै उतार चढाव हुँदो रहेछ । मैले पञ्चायती व्यवस्थादेखि नै आफ्नो राजनीतिक यात्रा सुरु गरेको र दोलखा जिल्लाको नाम्दु गाउँपञ्चायत र गाविस हुदै अहिलेको वैतेश्वर गाउँपालिका सम्म आफुले सकृय राजनीति गर्दै आइरहेको छु ।
विगतमा नाम्दु गाविसको अध्यक्षको हैसियतमा नाम्दुका नागरिकसंग काम गर्दाको अनुभव निक्कै सम्झन लायक छ।नाम्दुवासीको म प्रतिको सहयोग, सद्भाव र स्नेहले मेरो राजनीतिक जीवनमा ठूलो प्रेरणा मिलेको छ ।
पछिल्लो समय म नेकपा एमालेसंग सम्वद्ध रहेर राजनीति गरिरहेको र उक्त पार्टीको विभिन्न जिम्मेवारीमा रहेको थिएँ ।तथापी पछिल्लो घट्नाक्रम तथा मेरो व्यक्तिगत एवं घरायसी कारण राजनीतिमा खासै सकृय रहन सकिन उक्त (नेकपा एमाले पार्टीको म जुन जिम्मेवारीमा भएपनि आजकै मितिवाट त्यस पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छु।”

याे पढ्न छुटाउनु भयाे की ?

हनुमन्तेश्वरमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित

Friendship Khabar

लगातार पाँचौ पटक उपाधि उचाल्दै सहिद स्मृति आवासीय मावि जिरी

Kedar Dahal

ऐनको परिधिभित्र रहेर सहकारी संचालन गर्न सचीव पुडासैनीको अनुरोध

Friendship Khabar