फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

जनसचेतनद्वारा १६ स्थानमा सदस्यता विस्तारित मञ्च(फोटो फिचर)

नवीनकुमार खतिवडा 

चरिकोट/ दोलखाको मैनापोखरी स्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले विभिन्न १६ स्थानमा एकसाथ विस्तारित मञ्चको बैठक  सप्पन्न गरेको छ।
नेपालीहरुले मनाउने विभिन्न चाडपर्वहरुको अवसर पारेर शुभकामना आदन-प्रदान तथा विस्तारित मञ्च बैठक सप्पन्न गरेको हो।
संस्थाको मुख्य कार्यालय मैनापोखरी,चरिकोट सेवा केन्द्र लगाएत विभिन्न १६ स्थानमा कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईं ले जानकारी दिनुभयो।
कार्यक्रममा संस्था र सदस्य हरु बिच शुभकामना आदनप्रदान,संस्थाको परिकल्पना,ध्यये,मुल उदेश्य,लक्ष्य,वर्तमान अवस्था,संस्थाका सेवाहरु,संस्थामा सदस्यता र बचत किन,वित्तीय साक्षरता,सहकारी व्यबसाय,लगाएत विभिन्न बिषयमा छलफल गरिएको संस्थाका बरिस्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिनुभएको छ।

सदस्यता विस्तारित मञ्चमा छलफल गरिएका बिषयमा सदस्य हरुको जिज्ञासा,र सुझाव संकलन गरिएको र प्राप्त सुझाव र जिज्ञासा हरुको समाधान गर्न आगामी दिनमा संस्थाले विभिन्न रचनात्मक कार्यक्रम हरु गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहाल ले जानकारी दिनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

नाम्दुको बाँझो जग्गामा ड्रागन खेती

Kedar Dahal

समाजवादी तामाकोसी अध्यक्षमा झनक खड्का,सचीव यज्ञ श्रेष्ठ(अधिवेशन फोटो फिचर)

Friendship Khabar

नेकपा एस वैतेश्वर काठमाडौ संपर्क मञ्चको अधिवेशन अध्यक्षमा श्याम ढुंगेल

Friendship Khabar