फ्रेण्डसिप खबर
अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

ईश्वरभुमि साकोषको अध्यक्षमा पुनःबस्नेत निर्वाचित

पुष्कर अधिकारी
दोलखा/दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर-३ मिर्गेमा रहेकोे इश्वरभुमि बचत तथा ऋण सहकारी संस्थाको सातौ वाषिर्क साधारणसभा सम्पन्न भएको छ्।

साधारणसभाले सुबास बस्नेतको अध्यक्षतमा ९ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित भएका छन्।कमल अधिकारीको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले बस्नेतको अध्यक्षमा आगामी ४ वर्षको लागी ९ जनाको संचालक समिति र ३ जनाको लेखासुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो।संचालक समितिको उपाध्यक्षमा दिल बहादुर खड्का,सचीवमा मेनुका गिरी,काेषाध्यक्षमा ढाल बहादुर बस्नेत,सदस्यमा संगिता बस्नेत,बिन्दा कार्की,तारा नेपाली,ढाल बहादुर नेपाली,गोमा कार्की निर्वाचित भएका हुन्।त्यसैगरी लेखासुपरिवेक्षण समितिमा रमिला कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति निर्विरोध चयन भएका छन्।

सात वर्ष अघि स्थापना भएको यस संस्थाको कुल पुँजी ५९ लाख १० हजार तिन सय १७ पुगेको छ्।त्यस्तै शेयर पुँजी ३ लाख ७९ हजार आठ सय पुगेको छ्।त्यसैगरी जगेडा कोषमा १ लाख २७ हजार दुई सय पुगेको संस्थाका काेषाध्यक्ष ढाल बहादुर बस्नेतले बताए।साधारणसभा संस्थाका अध्यक्ष सुबास बस्नेतको सभापतित्व तथा बैतेश्वर गाउँपालिका-३ का वडा अध्यक्ष कमल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।साधारणसभाको अवसरमा जेष्ठ सदस्य,उत्कृष्ट शेयर खरिदकर्ता,असल ऋणी,नियमित बचत कर्ता र विद्यार्थीलाई सम्मान गरिएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

हिमपर्वतकाे पहिलाे आयाेजनाकाे परीक्षण उत्पादन सुरू

Nabin Kumar Khatiwada

कालिढुङ्गा कृषि सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न

Kedar Dahal

नेकपा एस मेलुङमा बस्नेतको नेतृत्वमा सर्वसम्मत, फोटो फिचर

Friendship Khabar