फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ बागमती प्रदेश राजनीति

एमाले उम्मेद्बार शिवाकोटी विरूद्ध उजुरी

दोलखा/नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभा सदस्यको उम्मेद्वार बनेका दोलखाका बालकृष्ण शिवाकोटी लाभको पद रहेकाे भन्दै उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।
नेपाल सरकारको सेवा सुविधा पाउने लाभको पदमा रहेर प्रतिनिधी सभाको निर्वाचनमा उम्मेद्वार भई प्रचार प्रसारमा समेत खटिएको भन्दै शिवाकोटी विरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालय दोलखामा उजुरी परेको छ । उक्त उजुरीलाई कार्यालयले दर्ता समेत गरेको छ । उजुरीमा प्रतिनिधी सभा निर्वाचन ऐन, २०७४ मा भएको व्यवस्था विपरित शिवाकोटीको उम्मेद्वारी दर्ता गरिएको भन्दै उनको उम्मेद्वारी खारेज गरी आवश्यक कानूनी कारबाहीको माग गरिएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बखत २०७३ साउनदेखि शिवाकोटी  नीजि क्षेत्रको प्रतिनिधीका रुपमा लगानी बोर्डको सदस्यमा नियुक्ति गरिएको थियो । मंसिर ४ मा हुने निर्वाचनका लागि गत असोज २३ गते उम्मेद्वारी दर्ता भए पनि लगानी बोर्डको वेबसाईटमा अहिले पनि शिवाकोटीको नाम र तस्वीर सदस्यका रुपमा कायमै छ ।
प्रधानमन्त्री पदेन अध्यक्ष रहने बार्डमा अर्थमन्त्री, वन मन्त्री, ऊर्जामन्त्री, राष्ट्रिय आयाेगका उपाध्यक्ष, मुख्य सचिव र गभर्नर पदेन सदस्य हुन्छन् । अन्य सदसय भने प्रधानमन्त्रीले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
जबकी लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले नेपाल मेडिकल काउन्सिलका सदस्य डा. तोसिमा कार्की तथा सरकारी छात्रवृत्ति कोटामा अध्ययन गरेर आर्थिक लाभ लिएका रुपन्देही २ बाट उम्मेद्वारी दिएका हाम्रो नेपाल पार्टीका डा कमल भुषालको उम्मेद्वारी खारेज गरेको थियो । भलै कार्कीको उम्मेद्वारी भने खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

निर्वाचन आयोगले त्यसरी लाभको पदमा बसेर कोही कसैले निर्वाचनमा उम्मेद्वारी दिएर प्रचारप्रसारमा लागेको थाहा भए जुनसुकै उजुरी दिन सकिने जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले त्यसरी परेका उजुरी पुष्टि भएमा निर्वाचनको दिनसम्म पनि मनोनयन खारेज हुने जानकारी दिए ।

शिवाकोटी मेगा बैंक, कालिञ्चाेक दर्शन लिमिटेडकाे पनि सञ्चालक छन् । दुवै पब्लिक कम्पनी हुन् ।व्यापारिक पृष्ठभूमिका शिवाकोटी दोलखाबाट यसअघि मन्त्री समेत भईसकेका एमाले नेताहरु पार्वत गुरुङ र आनन्द प्रसाद पोखरललाई पछि पार्दै प्रतिनिधी सभा सदस्यको उम्मेद्वार बनेका हुन् । नाताले एमाले अध्यक्ष ओलीका भान्जा पर्ने शिवाकोटीले त्यसकै बलमा टिकट पाएको चर्चा एमाले वृत्तमा पनि हुने गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

शिक्षा ऐन विरुद्ध नेपाल शिक्षक महासंघको नेतृत्वमा राहत शिक्षक सहितको आन्दोलन, आन्दोलनको मिति भाेलि सार्वजनिक हुने

Friendship Khabar

वैतेश्वर द्वारा जग्गादाता लाई सम्मान

Nabin Kumar Khatiwada

नेकपा एस लादुकको अधिवेशन,नेता जितविर लामा द्वारा शुभकामना

Friendship Khabar