फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

प्रेस सेन्टर दोलखाका संस्थापकहरु सम्मानित

केदार दहाल

दोलखा/प्रेस सेन्टर नेपाल दोलखाले संस्थापक अध्यक्ष सहित ९ जना संस्थापकलाई सम्मान गरेको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति दोलखाले छैंटौ साधारणसभाको अवसरमा संस्थापक अध्यक्ष लक्ष्मण खड्का सहित ९ जनालाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपाल दोलखाका संस्थापक सदस्यहरु शिवकुमार भुजेल, दिलबहादुर केसी, शिवजी प्रधान, तेन्जिङ शेर्पा, कुलविन्द्र फुँयाल, मोहन थापा र सन्तोषि कार्की रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद गंगा कार्की विश्व, प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगल, पूर्ब महान्यायधिबक्ता मुक्तिनारायण प्रधानले सम्मानपत्र सहित उनीहरुलाई सम्मान गर्नुभएको हो ।

२०६४ साल फागुनमा ९ जना पत्रकार मिलेर जिल्लामा प्रेस सेन्टर नेपाल दोलखाको स्थापना गरिएको थियो। त्यसयता दोलखामा प्रेस सेन्टर दोलखाको पत्रकारितामा शसक्त भुमिकामा रहेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

नव जनउत्थान साकोषको कुल पुजी १८ करोड

Friendship Khabar

शिक्षक कल्याण को हाजिर जवाफमा त्रिपूरा प्रथम

Kedar Dahal

सहकारी बैंकद्वारा स्थानीय तह हरुलाई निति तथा कार्यक्रम सम्बन्धमा १४ बुदे सुझाव

Friendship Khabar