फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

माओवादी केन्द्र काब्रेको कार्यालय उद्घाटन दर्जनौं नेता कार्यकर्ता प्रवेश

वैतेश्वर/नेकपा माओवादीले केन्द्र वैतेश्वर ४ काब्रेको वडा कार्यलय उद्घाटन गरिएको छ।आज एक कार्यक्रमका बिच बागमती प्रदेशका बन तथा वातावरण मन्त्री तथा माओवादीका युवा नेता विशाल खड्काले वैतेश्वर ४ हिटिमा पार्टी कार्यालय उद्घाटन गरेका हुन।

यसैबीच वैतेश्वर ४ काब्रेका नेपाली कांग्रेसका दर्जन बढी नेता तथा कार्यकर्ता कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।दोलखाको प्रदेश ‘क’ अन्तर्गत वैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रे उनियाचाैरका हरिलाल लामिछाने सहित नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । यस अघि बैतेश्वर काठमाण्डाै सम्पर्कमन्चकाे कार्यक्रममा माओवादी प्रवेश गर्नुभएका क. टंक लामिछानेकाे अगुवाइमा प्रवेश तथा कृषि बालि अनुगमन गर्ने कार्यक्रम भएकाे हाे । टंक लामिछानेलाई कांग्रेसले वैतेस्वर वडा नम्बर ४ वाट वडा अध्यक्षको उम्मेदवार बनाउने तयारी गरिरहेका नेता हुन् । कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा वैतेस्वर २ बाट उमेश घिसिङ लगायत प्रवेश गर्नेकाे लहर रहेकाे छ। उनीहरु माओवादी केन्द्रको बैतेश्वर ४ उनियाचाैरले आयोजना गरेको कृषि अनुगमन तथा प्रशिक्षण कार्यक्रममा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका माओवादी केन्द्रका युवा नेता एवँ प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्का, बैतेश्वरका पाटि अध्यक्ष भिम ब श्रेष्ठ, कार्यालय सदस्य एंव युवा नेता लक्ष्मण खड्का, बैतेश्वर का उपाध्यक्ष रविचन्द्र अाचार्य लगायतले पार्टी प्रवेश गराएका छन् । माओवादी केन्द्र प्रवेश गरेका हरिलाल लामिछानेले कांग्रेसवाट विकास र समृद्धि असम्भव देखेका कारण आफुले माओवादी केन्द्र रोजेको बताउनुभयो । आज नै हरिलाल लामिछानेकाे अध्यक्षतामा ४९ सदस्सिय सेल कमिटि गठन गरिएकाे छ।
दोलखाको वैतेश्वर गाउँपालिकामा पछिल्लो समय माओवादी प्रवेश गर्नेहरुको संख्या बढीरहेको छ । केही दिनअघि मात्रै वैतेश्वर २ गैरीमुदीमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

नव जन उत्थान साकोषद्वारा आर्थिक सहयोग

Friendship Khabar

एक उत्कृष्ट पर्यटकीय गन्तव्य : दोलखा

Nabin Kumar Khatiwada

बागमती प्राेस्कूनद्वारा २४ जनालाई आन्तरिक लेखापरीक्षक प्रमाणित

Friendship Khabar