सुरि/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,दोलखाले नागरिक आरोग्य स्वास्थ्य केन्द्र उद्घाटन गरेको छ।
सोमबार एक कार्यक्रमका बिच दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ५ सुरिमा गाउँ पालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष हरु,विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधि,पालिका स्तरीय सुरक्षा निकाय प्रमुख,पालिका स्तरीय विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि को उपस्थितिमा गौरीशंकर गाउँपालिका अध्यक्ष सोयम बहादुर खड्का ले उद्घाटन गरेका हुन।
यस वर्ष उद्घाटन गरिएको केन्द्र सहित अव दोलखा जिल्लाका ७ स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्थाहरु पुगेका छन भने जिरी नगरपालिका र वैतेश्वर गाउँपालिकामा मात्र आयुर्वेदिक कार्यलयको सेवा केन्द्र पुग्न बाकी रहेको कबिराज निरीक्षक अर्चना कुमारी झाले जानकारी दिनुभयो।
पछिल्लो समय मानिसमा नसर्ने रोगको प्रकोप अत्याधिक रहेको हुँदा स्वस्थ जीवन शैली तथा नियमित योग अभ्यासबाट नसर्ने रोगको प्रकोप न्यूनिकरण गर्न सकिने हुनाले, जीवन शैली परिमार्जन तथा स्थानीय रुपमा उपलब्ध स्रोतको अधिकतम उपयोगद्वारा शारिरीक र मानसिक रुपमा नागरिकलाई स्वस्थ बनाउन सकिने कविराज निरीक्षक झाले बताउनुभयो।
आयुर्वेद, योग तथा जडिबुटीको माध्यमबाट स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गरी स्वस्थ समाज निर्माणमा सहयोग पुर्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला आयुर्वेदिक कार्यालय दोलखाकि प्रमुख डाक्टर पुनम नेपाल ले जानकारी दिनुभयो। “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने मूल नारा लाई सार्थक पार्न आम नागरिकलाई शारिरीक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ एवं सफल बनाउने उद्देश्यका साथ पालिकामा नागरिक आरोग्य सामिति गठन गरी सो समिति मार्फत स्वस्थ जीवन शैलीको अभियान समेत सञ्चालन गरिने योजना रहेको कार्यलय प्रमुख डाक्टर नेपालको भनाई छ।




