फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश लेख तथा रचना

आयाराम,गयाराम र निर्वाचन

बिदुर प्रसाद दहाल

जवजव निर्वाचन आउँछ तब तब पार्टी प्रवेशको कार्यक्रम बन्छ। नेता, कार्यकर्ताको गाउँ-बस्ती , जिल्ला जिल्ला भ्रमणको कार्यक्रम तय हुन्छ। कार्यकर्ता – जनता भेटघाट घनिभूत हुन्छ।चुनाब जित्नु अघि गाउँ बस्ती र चुनाव पछि हराउने रोग नेपाली राजनीतिमा पुरानै हो।


# नेपाली समाजमा ३ बर्गका मानिस र चरित्र हुँदा रहेछन् –

क)धनी/ धनाडय बर्ग

ख)मध्यम बर्ग

ग)निमुखा / गरिव बर्ग

# माथिल्लो धनी बर्गलाई चुनाव,पार्टी कुनै मतलबै छैन।जुन पार्टीले जिते पनि उनिहरुकै पन्जामा हुन्छ्न; पार्टीहरु।निर्वाचनमा सबैलाई चन्दा दिन्छ्न।खास पार्टी हुन्न।जता फाईदा त्यही उनिहरुको पार्टी ।ठेकेदार, जमिनदार ,उद्योगपति र सहरिया धनाड्य बर्ग यसमा पर्दारहेछ्न। छोराछोरी सबै बिदेश हुन्छ्न।देशमा सङकट परेमा देशै छाडेर जाने बर्ग हो यो ।केवल कमाउनका लागि नेपालमा बसिरहेको हुन्छ।राजनीतिलाई उसको लागि फाईदाको लागि प्रयोग गर्दछ।


# दोस्रो चरित्रलाई खुब राजनीति लाग्छ।कार्यकर्ता यिनिहरु नै हुन। नेपाली राजनीतिलाई यो खालको सिन्डिकेटमा लान यहि बर्गको भूमिका छ।देशको राजनीतिलाई सङलो बन्न नदिने पात्र पनि यसैमा छ्न।सबै पार्टीका 20 औ लाख कार्यकर्ता र तिनको परिवार यो बर्गमा पर्दछ्न।राज्यको स्रोत- साधन दोहनमा यिनिहरुको भूमिका बढी हुन्छ।शिक्षक, कर्मचारी , साना तिना व्यापारी,साना तिना उद्योगि , तल्लो बर्गका सेना, प्रहरी समेत यसमा पर्दछ्न।यो बर्ग राजनीतिमा कम चलायामान छ।पार्टीहरुको राजनिती थेगिदिने बर्ग यहि हो।


# तेस्रो बर्ग गरिव निमुखा बर्ग हो।चेतना र शिक्षाको हिसाबले पछाडी परेको हुन्छ।खेती किसानी , ज्याला मजुदुरी गरेर जिबिकोपार्जन गर्छ्न। राजनीतिमा चलायामान बर्ग यहि हो।हरेक चुनावमा उनिहरुले पार्टी परिवर्तन गर्दछ्न।केही हुन्छ कि? भन्ने आश सधै राख्छ्न।नेता र कार्यकर्ताले पनि उनिहरुको मजबुरिको फाइदा उठाउछ्न।उनिहरुलाई पार्टीमा भित्र्याउन आफ्नो योगदान भएको भन्दै नेताको अगाडी खुबी प्रस्तुत गर्छ, कार्यकर्ताले। उनिहरुको स्थायित्व र दिगो रोजगारी सिर्जना कहिल्यै नेता र राजनीतिको लक्ष्य भएन।बिडम्बना यहि हो!!! सधै भोटको राजनीति । कुन पार्टी र कुन उमेदवारले जित्ने भन्ने निर्णय यहि बर्गले गर्द्छ। चुनाबको अगाडि केही सय नगद, खानपिन र झुटा आश्वासनमा यिनिहरु सजिलै बिक्छ्न।हरेक चुनाबमा पार्टी परिवर्तन यिनिहरुको बिशेषता हो।चुनाबी महिना यिनिहरुको लागि चाडपर्व हो।
सधै आयाराम र गयाराम बनाउने कि राजनितीलाई स्थिरता तर्फ लैजाने??महत्त्वपूर्ण सवाल यहि हो।जनताको जिवनस्तर सुधार गर्ने हेतुले नेता, कार्यकर्ता र राजनीतिले मार्ग तय गर्नु पर्छ।यो नै आजको आवश्यकता हो।
(सबैले सोच परिवर्तन गरौ)

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वरमा बिद्यालय कर्मचारी परिषद गठन

Nabin Kumar Khatiwada

नेकपा एस लादुकको अधिवेशन,नेता जितविर लामा द्वारा शुभकामना

Friendship Khabar

सामाजिक सुरक्षा कोषलाई बहुआयामिक बनाउँदैछौ :-श्रम मन्त्री

Friendship Khabar