फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति

रजत महोत्सवको अवसरमा शिक्षक कल्याण द्वारा हाजिरी जवाफ प्रतियोगिता

चरिकोट/शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजना जिल्ला का सबै स्थानीय तहमा अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गत सम्पन्न भएको छ ।

संस्थाले आफ्नो रजत महोत्सवको अवसर पारेर दुई नगरपालिका तथा सात गाउँपालिका मा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको हो ।

 

साकोस ले छुट्टाछुट्टै स्थानीय तहमा सञ्चालन गरेको हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना क्रमशः भिमेश्वर न.पा. बाट प्रथम – त्रिपुरा ग्लोरियम एकेडेमी द्धितीय – महेन्द्रोदय मावि माटी तृतीय – मोर्डन नेपाल स्कूल सान्त्वना – कुटीडाँडा मावि मकैवारी, जिरी न.पा. बाट प्रथम – कालिका मावि ठूलोपातल द्धितीय – जेम एकेडेमी जिरी तृतीय – जिरी मावि सान्त्वना – सहिद स्मृति मावि, बैतेश्वर गा.पा. बाट प्रथम – बैतेश्वर मावि, द्धितीय – हनुमन्तेश्वर मावि, तृतीय – क्षत्रवती मावि, सान्त्वना – जनज्योती मावि, कालिञ्चोक गा.पा. बाट प्रथम – हिलेपानी संस्कृत मावि द्धितीय – कालिनाग मावि सिंगटी, तृतीय – जनज्योति मावि, सान्त्वना – जल्पाश्वरी मावि लेप्टुङ्ग विगु गा.पा. बाट प्रथम – थम्पु मावि, द्धितीय – गौरीशंकर मावि, तृतीय – हिमालयन मावि, सान्त्वना – चित्रे मावि, गौरीशंकर गा.पा. बाट प्रथम – खारे मावि, द्धितीय – मानेडाँडा मावि, तृतीय – हलेश्वर मावि, सान्त्वना – निलकण्ठेश्वर मावि, तामाकोशी गा.पा. बाट प्रथम – सितापाईला मावि, द्धितीय – गोल्मेश्वर मावि,तृतीय – जनजागृती मावि, शहरे, सान्त्वना – नारायणी मावि भिरकोट शैलुङ्ग गा.पा. बाट प्रथम – कालिका मावि फस्कू द्धितीय – दुर्गा मावि, तृतीय – साँउते मावि, सान्त्वना – मागापौवा मावि मेलुङ्ग गा.पा. बाट प्रथम – सत्यश्वर मावि, द्धितीय – भूमेस्थान मावि, तृतीय – कालिका मावि, सान्त्वना – आजादी मावि रहेका छन ।

जसमध्ये प्रथम स्थान हाँसिल गर्ने विद्यालयहरुलाई २०७८ साल चैत ११ गते शुक्रवार जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी गराईने संस्थाले जानकारी दिएको छ । त्यसैगरी संस्थाले रजत महोत्सव कै अवसरमा २०७९ साल बैसाख २ गते देखि ४ गते सम्म संस्थाका शेयर सदस्यहरुबिचको पालिकागत जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना गरेको संस्थाका अध्यक्ष तारा प्रसाद पन्तले जानकारी दिनुभएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वर बाम गठबन्धन द्वारा संयुक्त घोषणा पत्र सार्वजनिक

Friendship Khabar

खेलकुद बिकास समितिमा शिवाकोटी

Friendship Khabar

ह्युल सुम प्रथम गाेल्ड कप-२०८० काे उपाधि खाेल्मे स्पोर्ट्स क्लबलाई

Kedar Dahal