फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ राजनीति स्थानीय समाचार

शिक्षक संगठन अध्यक्षमा कार्की र बुद्धिजीवी परिषद मा दहाल

चरिकोट/नेकपा एकीकृत समाजबादी निकट शिक्षक हरुको संगठन प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाको अध्यक्षमा कमल कार्की र नेपाल बुद्धिजीवी परिषद समाजबादी दोलखाको संयोजक मा सिताराम दहाल चयन भएका छ्न।

शनिबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न शिक्षक तथा बुद्धिजीवी को भेलाबाट कालिनाग मावी सुनखानीमा कार्यरत शिक्षक कमल कार्कीको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो भने वैतेश्वर ५ काब्रे निवासी सिताराम दहालको संयोजकत्वमा नेपाल बुद्धिजीवी परिषद समाजबादी जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको हो ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाको पदाधिकारीमा हरुमा उपाध्यक्ष कालिनाग मावि सिंगटीमा कार्यरत शिक्षक नीर बहादुर बस्नेत महिला उपाध्यक्षमा कालिका मावी मार्बुमा कार्यरत शिक्षक पुष्पा दहाल चौलागाईं,सचीव राजकुलेश्वर निमावि मा कार्यरत शिक्षक प्रकाश दहाल र कोषाध्यक्षमा हनुमन्तेश्वर माविमा कार्यरत शिक्षक शंकर बस्नेत निर्विरोध निर्वाचित भएका हुन।

शिक्षक तथा बुद्धिजीवी भेलामा शुभकामना मन्तव्य राख्दै नेकपा एकीकृत समाजबादीका केन्द्रिय पोलिट्ब्युरो सदस्य शिव प्रसाद भण्डारीले शैक्षिक क्षेत्रका विकृति, शैक्षिक माफियाका विरुद्ध लड्न सक्ने सक्षम नेतृत्व सहित प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाको स्थापना भएकाले दोलखाको लागि शैक्षिक क्षेत्रको ऐतिहासिक दिन भएको बताउनुभएको छ। भेलामा नेकपा एकीकृत समाजबादीका केन्द्रिय लेखा आयोगका सदस्य एंव नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व जिल्ला अध्यक्ष भुवन सिं थापा,नेकपा एकीकृत समाजबादीका जिल्ला कमिटी उपाध्यक्ष भुवन केसि,सचीव प्रोण प्रताप केसि,शिक्षक संगठनका नेता जय बहादुर पाख्रीन लगाएतले शुभकामना मन्तव्य राखेका थिए।नेकपा एकीकृत समाजबादी दोलखाले पार्टी निकट जनसंगठन निर्माण लाई तिव्रता दिइरहेको जिल्ला कमिटी सचीव प्रोण प्रताप केसिले जानकारी दिनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा लगानी

Friendship Khabar

समाजवादी काभ्रेको अधिवेशन तयारी पूरा

Friendship Khabar

आयुर्वेद सेवा र महत्त्व बारे व्यापक प्रचार आवश्यक :-प्रजिअ पौडेल

Friendship Khabar