फ्रेण्डसिप खबर
बागमती प्रदेश राजनीति समाचार

माओवादी केन्द्र दाेलखाका वडा सम्मेलनहरु धमाधम हुँदै

केदार दहाल
दाेलखा/नेकपा माओवादी केन्द्र दोलखाको वडा सम्मेलनहरु धमाधम सुरु भएका छन् । शुक्रबार गाैरिशंकर बाट शुरु भए सँगै आज तामाकाेसी गाउँपालिका वडा नं ६ मा सम्पन्न भएको हाे ।

तामाकोसी गाउँपालिका समिति उपाध्यक्ष कमरेड रुरल यमका अनुसार सम्मेलनबाट कमरेड कल्याण आपागाँईको नेतृत्वमा २९ सदस्यीय नयाँ समिती चयन गरिएको हाे ।

बाग्मती प्रदेश समिति सदस्य तथा तामाकोसी गाउँपालिका ईन्चार्ज कमरेड उपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता, प्रदेश समिति सदस्य कमरेड शम्भु फुयाल र तामाकोशि गाउँपालिका समिति अध्यक्ष कमरेड राजु शर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको हाे ।

याे पढ्न छुटाउनु भयाे की ?

यसरी भयो खर्कमै पुगेर घाइते चौरीको उपचार

Nabin Kumar Khatiwada

नेकपा एस केन्द्रिय परिषद बैठक,यी हुन पारित १५ बुँदे प्रस्ताव

Friendship Khabar

एकीकृत सरकारी कर्मचारी संगठनको अध्यक्षमा बिप्र खड्का

Friendship Khabar