फ्रेण्डसिप खबर
गृह पृष्ठ राजनीति

नेकपा दोलखाद्वारा निर्वाचनका लागि राजनीतिक कमाण्डर र निर्वाचन परिचालन समिति गठन

केदार दहाल

दाेलखा माघ -२/ नेकपा दोलखाको आज बसेको बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक कमाण्डर र निर्वाचन परिचालन समिति गठन गरेको छ।

बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेता गंगा कार्की ‘विश्व’ लाई राजनीतिक कमाण्डरको जिम्मेवारी दिएको छ भने भीमप्रसाद दाहाललाई निर्वाचन परिचालन समितिको संयोजक र भरत प्रसाद दुलाल तथा होम पाठकलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरेको छ।

कार्की पुर्व प्रतिनिधि सभा सदस्य हुन भने संयोजक दाहाल नेकपा एकीकृत समाजवादी पृष्ठभूमिबाट आएका नेता हुन् साथै सह–संयोजक दुलाल र पाठक हालै एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका नेता हुन्। बैठकले दाहालको संयाेजकत्वमा ७५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्नुका साथै ५१ सदस्यीय सचिवालय समेत निर्माण गरेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

समाजवादी काभ्रेको अधिवेशन तयारी पूरा

Friendship Khabar

माओवादी केन्द्र जिरी ७ को कार्यालय उद्घाटन

Friendship Khabar

आजदेखि २ दिन माथिल्लो तामाकोसीकाे उत्पादन बन्द

Nabin Kumar Khatiwada