फ्रेण्डसिप खबर
गृह पृष्ठ

एकीकृत फ्रेण्डसिप साकाेसकाे आठौं बार्षिक साधारणसभा निर्वाचन कार्यक्रम सहित सम्पन्न

एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. जिरी-५, दाेलखाकाे आठौं बार्षिक साधारणसभा अर्न्तर्गत अश्विन १ गते ठोसे सेवा केन्द्र, जिरी खिम्ती सेवा केन्द्र, माली सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र, रस्नालु सेवा केन्द्र र बेताली सेवा केन्द्र, ३ गते चरिकोट सेवा केन्द्र, मन्थली सेवा केन्द्र, प्रिति सेवा केन्द्र र भुजी सेवा केन्द्र त्यस्तै ५ गते गौरव सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र, यलुङ सेवा केन्द्र, सुइरे सेवा केन्द्र र काठमाडौँमा रहेका आफ्ना सदस्यहरुलाई लक्षित गरि काठमाडौँको कोटेश्वरमा कान्तिपुर अस्पतालको समन्वयमा रक्तदान कार्यक्रम सहित सभा सम्पन्न गरेको थियो भने आश्विन ८ गते मुख्य कार्यालयको प्राङगणमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो। संस्थाका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु संस्थाका सह–सचिव जयन्ती प्रधानले प्रस्तुत गर्नुभएको थियो। संस्थाको कुल पुजीँ १ अर्ब १८ करोड ९१ लाख ०७ हजार बराबरको रहेको छ भने संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिका सदस्य रामकाजी खड्काले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा संस्थाका असल ऋणी, नियमित मासिक बचत कर्ता, अधिकतम शेयरखरिद कर्तालाई पुरस्कृत गरिएको थियो । सभाको उद्घाटन जिरी नगरपालिकाका नगर प्रमुख श्री मित्रबहादुर जिरेलले पानसमा बत्ती बाल्दै गर्नुभएको थियो । सभामा जिरी नगरपालिका प्रमुख श्री मित्र बहादुर जिरेलकाे प्रमुख आतिथ्यता, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का संचालक समिति सदस्य श्री जिवसराज खड्काको विशिष्ट आतिथ्यता तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका प्रमुख कार्यकारी अधिकृत एवम् निर्वाचन समिति संयोजक श्री केशवप्रसाद दाहाल लगायक विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख वा प्रतिनिधि, राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यततामा सम्पन्न भएको थियो । सभामा सम्पुर्ण अतिथिज्युहरुलाई संस्थाका उपाध्यक्ष श्री गोपाल जिरेलले स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो । त्यस्तै संस्थाका सल्लाहकार एवम् जिरी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री नर बहादुर जिरेल, सल्लाहकार समिति सदस्य श्री सोनाम शेर्पा, जिरी नगरपालिका पुर्व नगर प्रमुख एवम् संस्थाका सल्लाहकार श्री टंक बहादुर जिरेल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का संचालक समिति सदस्य श्री जिवसराज खड्का र जिरी नगरका नगर प्रमुख श्री मित्र बहादुर जिरेलले शुभकामना मन्तव्य दिनु भएको थियो । आफ्ना शेयर सदस्यहरूलाई मध्यनजर गर्दै मुख्य कार्यालय सहित १५ वटा सेवा कन्द्रबाट सेवा सञ्चालन गरिरहेको संस्थाले आगामी बर्ष काठमाडौको कोटेश्वर, रामेछापको बाम्ती भण्डारमा आफ्नो सेवाकेन्द्र विस्तार गर्ने योजना बनाएको छ । जेष्ठ नागरिकहरूलाई बृद्व वृद्धा भत्ता वितरण गर्दै आएको यस संस्थाले सुत्केरी स्याहार, एस.ई.ई. मा ३.२ जि.पि.ए. भन्दा बढी अङ्क ल्याउने संस्थाका बाल बचतकर्ता एवम् सदस्यहरुलाई सम्मान पत्र सहित नगद रु ३००० का दरले सम्मान कार्यक्रम, सदस्यहरूको बिमा, मोवाइल बैकिंङ सेवा, इन्टरनेट बैकिंङ, मिस्डकल बैकिंङ, लगायतका कार्यक्रम गर्दै शेयर सदस्यहरूको मन जितिरहेको छ । २०४८ सालमा स्थापना भएको फ्रेण्डसिप सहकारी संस्थाले २०७१ सालमा एकै पटक नौ वटा सहकारी संस्थाहरूसँग एकीकरण गरेर एकीकृत फ्रेण्डसिपको नाम बाट परिचित सहकारी संस्थाले सदस्यहरूलाई लक्षित गर्दै विभिन्न ६५ वटा शिर्षकमा ऋण लगानी गरीरहेको छ भने २६ प्रकारमा बचत संकलन गरिरहेको छ । गरिबी, व्यवसाय, उद्योगिहरूको आयआर्जनमा बृद्वि गर्न महत्त्वपूर्ण भुमिका खेलिरहेको संस्थाले सदस्यहरूको हितका लागि भन्दै पछिल्लो समयमा ब्याजदर परिवर्तन गरेको छ भने दुई वटा बिमाका कार्यक्रम सञ्चालन गरेर सदस्यहरूलाई थप सहयोग गरिरहको छ । सहकारी संस्थाले हाल सम्म १५ वटा सहकारी संस्थहरुलाई एकीकरण गरिसकेको छ । आगामि दिनमा पनि अन्य सहकारीहरूसँग एकीकरण गर्दै आफ्नो सेवालाई बिस्तार गर्ने लक्ष्य लिएको छ । जिरी नगरपालिका वडा नम्बर ५ मा मुख्य कार्यालय रहेको यस सहकारीले रामेछाप जिल्ला पुरै तथा दोलखा जिल्लाको जिरी नगरपालिका, भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गरिरहेको छ । साधारण सभामा सञ्चालक समिति, सेवाकेन्द्र समिति र उपसमितिका सदस्यहरु लगाएत शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
त्यस्तै एकीकृत फ्रेण्डसीप साकोसमा भुमिराज खड्काको अध्यक्षतामा १६ सदस्यीय संचालक समिति गठन भएको छ । साथै उपाध्यक्षमा केदारबहादुर जिरेल, सचिवमा केशव कुमार कार्की, सह सचिवमा जयन्ती प्रधान र कोषध्यक्षमा उद्धव कुमार कार्की र सञ्चालक समिति सदस्यमा नवराज खड्का, युवराज बस्नेत, सिताराम कार्की, धनराज लामिछाने, कविन्द्र लामा, हर्क बहादुर कार्की, देवबहादुर श्रेष्ठ, पुष्पा शेर्पा, टपिन्द्र खड्का, देवीका दहाल र ठाकुर प्रसाद घिमिरे चयन भएका छन् । यसै गरि लेखासुपरिवेक्षण समितिमा केशव खड्काको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको छ । जसमा सदस्यहरुमा दलबहादुर श्रेष्ठ र बिटु श्रेष्ठ चयन भएका छन् । आगामी चार वर्षका लागि एकीकृत फ्रेण्डसीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा नयाँ नेतृत्व चयन भएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

के हो लम्पी स्कीन ? कसरी गर्न सकिन्छ यसको उपचार

Friendship Khabar

प्राविधिक विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान, हाैसला तथा प्राेत्साहन स्वरुप दिएको अध्यक्ष कार्कीको भनाइ

Friendship Khabar

गौरीशङ्कर बालगृहमा शैक्षिक परिवर्तन प्रतिष्ठानले अक्षयकोष स्थापना गर्ने

Nabin Kumar Khatiwada