फ्रेण्डसिप खबर
गृह पृष्ठ

एकीकृत फ्रेण्डसिपको काठमाडौ सेवा केन्द्र शुभारम्भ

काठमाडौ/एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारीले काठमाडौँ सेवा केन्द्रको कारोबार शुभारम्भ गरेको छ।

बागमती प्रदेश दोलखा जिल्ला जिरी नगरपालिका वडा ५ मा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. जिरीले आज एक कार्यक्रम आयोजना गरि आफ्नो काठमाडौँ सेवा केन्द्रको कारोबार शुभारभ्म कार्यक्रमको घोषणा गरेको छ ।  

काठमाडौँको जडीबुटीमा आयोजित कारोबार शुभारम्भ, सेवा अभिमुखीकरण तथा प्रविधि साक्षरता कार्यक्रममा काठमाडौँ सेवा केन्द्र क्षेत्रका करिव १६७ जना भन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाको सेवाहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउन, व्यवसयिक क्षेत्रमा ऋण लगानीको लागि सदस्यहरुलाई उत्प्रेरित गराउन र संस्थाको आर्थिक कारोबार निरन्तरता गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संस्थाका काठमाडौँ सेवा केन्द्रका संयोजक तथा संचालक समिति सदस्य श्री देव बहादुर श्रेष्ठले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्यद्धारा उपस्थित अतिथि तथा सदस्यहरुलाई स्वागत गर्नु भएको थियो ।

एकीकृत फ्रेण्डसिप साकोसका अध्यक्ष भुमिराज खड्काको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघका संचालक समिति सदस्य एवम् संस्थाका सस्थापक सदस्य श्री डि. वी. बस्नेतको प्रमुख आतिथ्यता, पुर्व प्रतिनिधि सभा सदस्य श्री शान्तीमाया पाख्रिनको विशिष्ट आतिथ्यता, संस्थाका सल्लाहकार श्री टंक बहादुर जिरेल, पुर्व संचालक श्री ढाका कुमार बस्नेत, जिरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्री मधुकुमार कार्की, प्रिमियम सि.वि.एसका प्रमुख कार्यकारी अधिकृत श्री मोहन लाल वन, एम बैक टेक्नोलोजिसका प्रमुख व्यवसाय अधिकृत श्री संजय महासेठ तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी लगायतका व्यक्तिहरुको आतिथ्यतमा भएको कार्यक्रममा संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत श्री राम बहादुर खत्रीले कार्यक्रममा उपस्थित सदस्यहरुलाई संस्थाद्धारा सदस्यहरुको लागि संचालन गरेका सेवाहरुको अभिमुखीकरणको बारेमा प्रशिक्षण दिनुभएको थियो । साथै संस्थाको टेक्नोलोजी पार्टनर रहेको एम बैक टेक्नोलोजिसका प्रमुख व्यवसाय अधिकृत श्री संजय महासेठले संस्थाले संचालनमा ल्याएको प्रविधिमैत्री सेवाहरु मोवाइल बैकिंङ, क्यु.आर. कोड, चेकलेस बैकिंङ साथै संचालनको क्रममा आइ पर्ने समस्या तथा त्यसका लागि अपनाइएको सुरक्षाको वारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बोल्नुहुदै पुर्व संचालक श्री ढाका कुमार बस्नेत, जिरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्री मधुकुमार कार्की साथै राष्ट्रिय सहकारी महासंघका संचालक समिति सदस्य एवम् संस्थाका स्थापक सदस्य श्री डि. वी. बस्नेतले संस्थालाई स्थापना काल देखि यस अवस्था सम्म ल्याउनका लागि सहकारीका अग्रज एवम् सहकारी अभियान्तहरुकोे योगदान र सर्घष रहेको कुरा आफ्ना मन्तव्यमा राख्नु भएको थियो । अवका दिनमा संस्थाले सदस्यहरुलाई औषधी उपाचार, वृद्धा वृद्ध अवस्थाको सदस्यहरुको निम्ति सारथीको रुपमा अझ थप सेवा सुविधा सहित कार्यक्रम ल्याउन आफ्नो तर्फबाट आवश्यकीय सहयोग गर्नेमा प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका व्यवसाय तथा प्रशासन विभाग प्रमुख  निर्मल कुमार कार्कीले गर्नुभएको थियो । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले दोलखा जिल्लामा आठ वटा सदस्य सेवा केन्द्र, रामेछाप जिल्लामा सात वटा सदस्य सेवा केन्द्र र काठमाडौँ जिल्लामा एक वटा सदस्य सेवा केन्द्रको स्थापना गरि आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ भने बागमती प्रदेश अन्तरगत दोलखा जिल्ला, रामेछाप जिल्ला, सिन्धुपाल्चोक जिल्ला र काठमाडौँ जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई सेवा विस्तार गरि प्रिमियम टेक्नोलोजिसबाट निर्मित प्रिमियम सफ्टवेयर र एम बैक टेक्नोलोजिसबाट निर्मित आफ्नै एकीकृत फ्रेण्डसिप एम बैक नामको मोवाइल बैकिंङ सेवा सुचारु गराइ करिव १८०० जना भन्दा बढी सदस्यहरुले उक्त सेवा प्रयोग गरिरहनु भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दाेलखाली समाज दक्षिण काेरियाले विद्यालयलाई गर्याे डेक्स बेन्च सहयोग

Kedar Dahal

मुक्ति संगठन दोलखाको सम्मेलन,अध्यक्षमा कुल बहादुर बिश्वकर्मा

Friendship Khabar

कार्यसम्पादन मुल्यांकन अनुसार नगरमा जिरी र गाउँपालिकामा वैतेश्वर उत्कृष्ट

Kedar Dahal