फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार

मन्त्री लम्सालद्वारा खुर्कोटमा ट्रायल सेन्टरको उद्घाटन

सिन्धुली/ जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोटमा रहेको यातायात ब्यवस्था कार्यालयले पूर्णता पाएको छ ।
आज एक समारोहकाबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले ट्रायल सेन्टरको उद्घाटन गरेसँगै कार्यालयले पूर्णता पाएको हो ।
ट्रायल सेन्टर उद्घाटन गर्दै मन्त्री लम्सालले प्रयोगात्मक परीक्षालाई भरपर्दो र मर्यादित बनाउन कर्मचारी, प्रहरी र ट्रायल सेन्टर सञ्चालकलाई निर्देशन दिनुभयो । ‘आफ्नो ईमान र इज्जतमा कुनै किसिमको आरोप र आपेक्ष लाग्ने गरी काम नगर्नु होला । काँही कतै समस्या नहुने गरी, कुनै पनि तहबाट गुनासो नआउने गरी काम गर्नु होला । राम्रो सेवा दिएर सेवाग्राहीलाई खुशी प्रदान गर्नुहोस् । यो कार्यालय नयाँ भएकाले शुरुमै राम्रो कामको स्टिम बसाल सक्यो भने पछिसम्मलाई त्यसको असर पर्छ ।’ मन्त्री लम्सालले भन्नुभयो ।

मन्त्री लम्सालले यातायात ब्यवस्था कार्यालयको आफ्नै भवन निर्माणका लागि जग्गा उपलब्ध गराइदिन स्थानीय सरकारसँग आग्रह गर्नुभयो । ‘अहिले हामी भाडाको घरबाट सेवा दिइरहेका छौँ । यो कार्यालयले सिन्धुली, रामेछाप, ओलखढुंगा सहित आसपासका जिल्लाका नागरिकलाई सेवा प्रदान गर्छ । अझ यसको सेवालाई राम्रो र प्रभावकारी बनाउन आफ्नै भवन हुँदा सहज हुन्छ । त्यसका लागि स्थानीय सरकारले जग्गा उपलब्ध गराइदियो भने भवन निर्माणका लागि प्रदेश सरकारले बजेटको सुनिश्चित गर्छ । मन्त्री लम्सालले भन्नुभयो ।

उहाँले यातायात कार्यालयहरुबाट प्रदान गरिने धेरै जसो सेवाहरु अब अनलाईन प्रणाली मार्फत हुने बताउनुभयो । ‘हामीले बागमती प्रदेशभित्रका निजी सवारी साधनको नवीकरण, राजस्व, बिमा र जरिवानाको रकम भुक्तानी गर्न अनलाइन ब्यवस्था शुरु गरिसकेका छौँ । हामी कार्यालयमा सेवाग्राहीको चाप कम गराउने उद्देश्यका साथ धेरै जसो सेवा अनलाईनबाटै गर्ने गरी जान खोजिरहेका छौँ । यसमा सेवाग्राहीको पनि साथ र सहयोग उत्तिकै परिहार्य छ ।’ मन्त्री लम्सालको भनाई छ ।
कार्यक्रम मन्त्रालयका सचिब बलराम निरौलाले ट्रायल सेन्टर सञ्चालनमा आएसँगै यस भेग सेवाग्राहीले थप सुविधा प्राप्त गरेको भन्दै यसलाई विश्वासनिय बनाउन अनुरोध गर्नुभयो । २०७९ सालको जेठ महिनामा स्थापना भएको यातायात ब्यवस्था कार्यालय खुर्कोटमा प्रयोगात्मक परीक्षा (ट्रायल) को ब्यवस्था थिएन । आजैबाट प्रयोगात्मक परीक्षा समेत शुरु भएको छ । दुई पांग्रे र चार पांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा खुर्कोटमै हुनेछ ।
यातायात ब्यवस्था कार्यालय खुर्कोटका प्रमुख शिव कुमार निरौलाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गोलञ्जोर गाउँपालिकाका प्रमुख शंकर राज बराल, उपप्रमुख ज्वाला प्रसाद न्यौपाने, बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मातहतका विभिन्न यातायात ब्यवस्था कार्यालयका प्रमुखहरु, सुरक्षा कर्मी लगायत सहभागि हुनुहुन्थ्यो ।

याे पढ्न छुटाउनु भयाे की ?

नेपाली काङ्ग्रेस सम्बद्ध तरुण दल वैतेश्वरकाे संगठन विस्तार सम्पन्न

Kedar Dahal

तामाकाेशी गाउँपालिकाकाे स्थायी केन्द्र ताेक्न मतदान, मानेडाँडाका लागि खस्याे दुई तिहाई

Kedar Dahal

सोनाम ल्होछारको उपलक्ष्यमा २ दिन सार्वजनिक बिदा

Friendship Khabar