फ्रेण्डसिप खबर
बागमती प्रदेश समाचार

किसान सचेतन साकाेसकाे २०औं वार्षिक साधारणसभा सम्पन्न

पुष्कर अधिकारी
दाेलखा/ दाेलखाकाे बैतेश्वोर गाउँ पालिका वाड नं ३ मिर्गे लहरेमानेमा अबस्थित किसान सचेतन बचत तथा ऋण सहकारी संस्था लि काे २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष  श्री गणेश बहादुर तामाङकाे अध्यक्षता तथा वैतेश्वर गापा वडा नं ३ का अध्यक्ष श्री कमल अधिकारीको प्रमुख आतिथ्यता, दोलखा जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समितिको संयोजक श्री पुष्कर कुमार दाहाल र वैतेश्वर गाँउकार्यपालिका सदस्य श्री तिर्थ लामाको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो।

साधारणसभामा संस्थाकाे आर्थिक बर्ष २०८०/८१ को  कुल दायित्व तथा निति तथा कार्यक्रम र बजेट संस्थाका सचिव बुद्दिमान पाखिनले प्रस्तुत गर्नु भएको थियो भने संस्थाकाे कुल दायित्व समेटिएको आर्थिक वर्ष २०८०/०८१ असार मसान्तसम्मको आय व्यय कोषाध्यक्ष प्रबिन पाख्रिनले संस्थाकाे कुल पुँजी २ करोड ९६ लाख ५० हजार ६ सय ६९ रुपैयाँ  पुगेको कोषाध्यक्ष पाख्रिनले बताए।

त्यस्तै संस्थाको शेयर पुँजी ३१ लाख ४६ हजार ३ सय रहेको छ भने जगेडा कोष तर्फ १५लाख ८९ हजार ३ सय ७९ रहेको छ भने खुद नाफा  ४ लाख ४२ हजार २ सय ६५ रहेको उल्लेख गरिएको छ । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाका लेखा संयोजक मान बहादुर तामाङले प्रस्तुत गर्नु भएको थियो । मिर्गे कृषी सहकारीका अध्यक्ष श्री तारा कुमार तमाङ, कालिदेवी आधारभूत बिधालयका प्रधानाध्यापक श्री तिर्थ ब तमाङ र वैतेश्वर ३ का वडा सचिव श्री अमृत कुमार तमाङले शुभकामना ब्यक्त गर्नु भएको थियो। कार्यक्रम संस्थाका शेयर सदस्यको उपस्थितमा भव्य रुपमा सम्पन्न भएको छ। साधारण सभामा संस्थाले असल बचतकर्ता, असल ऋणी, ज्येष्ठ सदस्य, पूर्व सञ्चालक सदस्य र एस ई ई मा उत्कृष्ट विद्यार्थी लाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेकाे संस्थाका व्यवस्थापक सुवास तामाङले बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

बागमती प्रदेशको मुख्यन्यायधिबक्तामा धादिङका श्यामनारायण श्रेष्ठ

Friendship Khabar

दुर्गम गाउँमा अनलाइन भुक्तानी बारे विद्युत सचेतना

Friendship Khabar

जेसिज दोलखाको झोल साबुन तालिम

Friendship Khabar