फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

मेधावी साकोषको ९ औं साधारण सभा

काठमाडौ/काठमाडौ स्थित मेधावी बचत तथा ऋण सहकारी संस्थाको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष्य डा.सुभाष कुमार घिमिरे सभापतित्व तथा पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा.युवराज खतिवडाको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो।कार्यक्रममा बागमती प्रदेशका पूर्व सासंद नरोत्तम वैद्य दोलखा जिल्लाका पूर्व जिल्ला विकास समितिका सभापति रुद्र बहादूर खड्काको विशेष आतिथ्यतामा भएको थियो ।९ औं साधारण सभामा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष रवीन्द्र खड्का, नेफ्स्कुन चावहिल सेवा केन्द्रकी प्रमुख राधा पोखरेल,डा.गणेश गुरुङ्ग,पूर्व जिल्ला विकास समितिका सभापति रुद्र बहादूर खड्का लगायतले शुभकामना मन्तव्य दिनुभयो ।
कार्यक्रममा  संस्थाको आ.व २०७९/८० को संस्थागत प्रतिवेदन सहकारीका ब्यवस्थापक हिरण्य राज उप्रेतीले बाचन गर्नु भएको थियो । संस्थाको कुल वासलत १३ करोड ४८ लाख ६२ हजार ९९३ रुपैयाँ रहेको संस्थामा शेयर पूँजी १ करोड ३४ लाख ६१ हजार,बचत  १० करोड ४३ लाख ४९ हजार ७८० कुल ऋण लगानी ११ करोड ४८ लाख ६ हजार ९९४,जगेडा कोष ४७ लाख१६ हजार३९१ रहेको छ।यस बर्ष संस्थाले शेयर लाभांश १५% वितरण गर्ने कुरा ब्यवस्थापक हिरण्य राज उप्रेतीले बताउनु भयो ।
संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट संचालक, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ज्येष्ठ नागरिक तथा प्लस टु उत्कृष्ट छात्र,छात्रालाई सम्मान गरिएको छ ।
सहकारीका अध्यक्ष डा.सुभाष कुमार घिमिरेले सहकारी क्षेत्र यति कठिन समयमा पनि १५% लाभांश दिन सक्नु र यो समयमा पनि असल खालका शेयर सदस्यलाई ऋण दिन सक्नु नै सहकारीको विषेश र सबल पक्ष रहेको बताउनु भयो ।कार्यक्रममा प्रमुख अतिथी पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा.युवराज खतिवडाले नेपालको बिमारी अर्थतन्त्रलाई पूँजी परिचालन तथा मौद्रिक नीति मार्फत सहज गर्न सकिने बताउनु भयो।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चोकमा फेसन सो

Friendship Khabar

पुरानै शैलिमा आउँदै SEE परिक्षाकाे रिजल्ट, यसरी हेर्नुहाेस GPA

Kedar Dahal

कालिञ्चाेक गाउँपालिकाले एक व्यक्ति एक सहकारी नीती कार्यान्वय गर्ने

Friendship Khabar