फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

प्रेश सेन्टर दोलखाको अध्यक्षमा बस्नेत,सचीवमा दहाल

तेन्जिङ शेर्पा

चरिकोट /प्रेस सेन्टर नेपाल दोलखाको छैटौं साधारणसभाले सुरज बस्नेत (अविरल) को अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

दोलखा सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा आयोजित साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । प्रेस सेन्टर नेपाल दोलखाको उपाध्यक्षमा प्रमिला नेपाली, सचिवमा केदार दहाल, कोषाध्यक्षमा गोविन्द थामी चयन भएका छन् । यस्तै सदस्यहरुमा ईश्वर विश्वकर्मा, प्रकाश कौशल, भुपेन्द्र प्रसाद भण्डारी, ईश्वरी बुढाथोकी, मिलन थामी, जेनी तमाङ, सविना थापा, नविन सुनुवार र सुमित्रा थामी चयन भएका छन् ।

यसैबीच प्रेस सेन्टर नेपाल दोलखाले जिल्लाको ९ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तह पालिकास्तरीय कमिटी गठन गरेको छ । जसअनुसार गौरीशंकर गाउँपालिकामा प्रकाश कौशलको अध्यक्षतामा कमिटी गठन भएको छ भने भीमेश्वर नगरपालिकामा ईश्वर विश्वकर्माको अध्यक्षतामा कमिटी गठन गरिएको छ ।
यस्तै मेलुङ गाउँपालिकामा भुपेन्द्र प्रसार भण्डारीको अध्यक्षतामा, जिरी नगरपालिकामा नविन सुनुवारको अध्यक्षतामा कमिटी गठन गरिएको छ भने वैतेश्वर गाउँपालिकामा सविना थापाको अध्यक्षतामा कमिटी गठन भएको छ । यसैगरी शैलुङ गाउँपालिकामा ईश्वरी बुढाथोकीको अध्यक्षतमा,कालिञ्चोकमा मिलन थामीको अध्यक्षतामा र विगु गाउँपालिकामा जेनी तमाङको अध्यक्षतामा कमिटी गठन गरिएको छ । तामाकोशी गाउँपालिकामा भने पछि कमिटी गठन हुनेछ।

याे पढ्न छुटाउनु भयाे की ?

जन्मदिनको उपलक्ष्यमा बिद्यालयलाई खेलकुद सामाग्री सहयोग

Friendship Khabar

अनेरास्ववियु द्वारा सरसफाइ तथा प्रारम्भिक कमिटी गठन

Friendship Khabar

उर्गेनलिङ गुम्बा उद्द्घाटन हुँदै, उद्द्घाटन औतारी लामाबाट हुने

Kedar Dahal