फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

दोलखा क्षेत्र नं २ मा एमालेका केसी निर्वाचित

चरिकोट/दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका भरत केसी विजयी भएका छन् ।
नेपाली कांग्रेस दोलखाका सभापती समेत रहेका बर्मा लामालाई पराजित गर्दे केसी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले १९ हजार ४ सय १४ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाएका छन् । यो सँगै लामाले एक हजार ८ सय १९ को मतान्तरले पराजय भएका हुन। २०७४ सालमा भीमेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका केसीलाई प्रदेश सभा सदस्यको लागि एमालेले यो पटक प्रदेशसभा २ मा उम्मेदवार बनाएको थियो ।
क्षेत्र २ अन्तर्गतको ४ पालिकामध्ये भीमेश्वर नगरपालिका र बिगु गाउँपालिका बाहेकका अन्य पालिकामा उनी पछि पर्दै आएपनि केसीलाई अन्तिममा भीमेश्वरको मतले  बिजयी गराएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वर द्वारा जग्गादाता लाई सम्मान

Nabin Kumar Khatiwada

नेफ्स्कुन निर्वाचन आज,यस्तो छ पौडेल र ढकाल समुहको प्यानल

Friendship Khabar

खिम्ती ग्रामीण बिद्युत सहकारी संस्थाको सपथ ग्रहण

Nabin Kumar Khatiwada