फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

दोलखा क्षेत्र नं २ मा एमालेका केसी निर्वाचित

चरिकोट/दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका भरत केसी विजयी भएका छन् ।
नेपाली कांग्रेस दोलखाका सभापती समेत रहेका बर्मा लामालाई पराजित गर्दे केसी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले १९ हजार ४ सय १४ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाएका छन् । यो सँगै लामाले एक हजार ८ सय १९ को मतान्तरले पराजय भएका हुन। २०७४ सालमा भीमेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका केसीलाई प्रदेश सभा सदस्यको लागि एमालेले यो पटक प्रदेशसभा २ मा उम्मेदवार बनाएको थियो ।
क्षेत्र २ अन्तर्गतको ४ पालिकामध्ये भीमेश्वर नगरपालिका र बिगु गाउँपालिका बाहेकका अन्य पालिकामा उनी पछि पर्दै आएपनि केसीलाई अन्तिममा भीमेश्वरको मतले  बिजयी गराएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

बागमती र सुदुर पश्चिमका प्रदेश प्रमुखहरुको शिष्टाचार भेट

Nabin Kumar Khatiwada

शिक्षक संगठन अध्यक्षमा कार्की र बुद्धिजीवी परिषद मा दहाल

Friendship Khabar

पाँच वर्षअघि मेरै प्रचारमा हिड्नेले अहिले टुरिस्ट भनेको सुहाएन:-खतिवडा

Friendship Khabar