फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ देश फाेटाे फिचर बागमती प्रदेश राजनीति समाचार स्थानीय समाचार

नेकपा एस शैलुङ अध्यक्षमा ढुङ्गेल,यस्तो छ ४० बर्षे राजनैतिक यात्रा

शैलुङ दोलखा/नेकपा एकीकृत समाजबादी दोलखा शैलुङ गाउँपालिका कमिटीको अध्यक्षमा कृष्ण प्रसाद ढुङ्गेल सर्वसम्मत रुपमा निर्वाचित भएका छ्न। नेकपा एकीकृत समाजबादीका केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको शैलुङ गाउँपालिका स्तरीय भेलाले ढुङ्गेलको नेतृत्वमा शैलुङ गाउँपालिका संगठन कमिटी निर्माण गरेको हो।

दोलखाको शैलुङ गाउँपालिकाको मागापौवा स्थायी घर भएका ढुङ्गेल कम्नियुष्ट पार्टीका सैद्धान्तिक,त्यागी र निष्ठावान नेता हुन। लामो समय पार्टीमा रहेर काम गरेका नेता ढुङ्गेल ले नेकपा एस शैलुङको नेतृत्व लिएपश्चात लेखेका छ्न:- करिब ४० बर्ष ( चार दशक ) भन्दा लामो मेरो कम्युनिस्ट राजनीतिक यात्रा । विचार र विवेक नभएकाहरु व्यक्ति पुजा गर्छन भन्दै लेख्नु हुन्छ…… नमस्कार ! म कृष्ण प्रसाद ढुंगेल, म०३६/३७ सालको जनमत संग्रहको समयमा बहुदलीय व्यवस्थाको लागि आवाज उठाउँदै निर्दयी निर्दलीय पञ्चायती व्यवस्थाको बर्खिलापमा कयौं पटक सयौं दमनहरु सहँदै, हाम्रै पालामा राष्ट्रको उन्नति, प्रगति र समृद्धिको खाका कोर्न सकिन्छ कि भन्ने दृढ आकांक्षा लिएर कम्युनिस्ट राजनीति मार्फत नै त्यो सम्भव छ भनी क्रान्ति र परिवर्तनको रण मैदानमा होमिएँ ।

अधिनायकवाद र निरंकुशताको जालोमा समाज रुमलिइरहेको बेला, वर्गीय – विभेद र असमानता छरपस्ट भएको बेला लोकतन्त्रको विजारोपणको लागि, वि.सं. २०४६ माघ २ मा सहाना प्रधान नेतृत्वमा वि.सं. २०४६ माघ २ को दिन नै संयुक्त वाम मोर्चा गठन भएको थियो र सो समयमा म सोहि वाम मोर्चामा संगठित थिएँ । सो वाम मोर्चामा संगठित हुँदै तत्कालीन शाही सरकारको लाठीको प्रवाह नगरी नेपालको जनआन्दोलन २०४६ मा होमिएको मैले कति व्यक्तिगत प्रगति गरेको छु ? त्यो छर्लङ्ग छ ।

नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन, जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो । ५० दिनसम्म चलेको त्यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्व दमनको प्रवाह नगरी कयौं निलडामहरुले परिवर्तन ल्याउँछ भने कयौं लाठी र मुड्की सहन तयार रहँदै आएँ ।

०५२ सालबाट सुरु भएको तत्कालीन माओवादीको सशस्त्र जनयुद्धको क्रममा कयौंपटक अपहरण र हिरासतमा पर्दै क्रान्ति र परिवर्तनको लागि लडेको योद्धा हुँ म । मलाई कतिले चिन्छन् , कतिले बुझ्छन् त्यो त थाहा छैन तर मैले देखेको समाज भयरहित, विभेदरहित, सामाजिक न्यायपुर्ण, समृद्ध र समाजवादयुक्त समाज नै हो ।

माओवादीको समयमा कयौंपटक हिरासतमा पर्दै हजारौं निलडामहरु सहँदै परिवर्तनको खातिर लाग्ने म जस्ता जिवित योद्धाहरुले के पाए ? २०० बर्ष लामो निरंकुश राजतन्त्रको विरुद्धमा सदरमुकाम चरिकोटमा सकृयता पुर्वक लड्दै ज्यानको बाजी लगाउने हामी जस्ता लाखौं योद्धाहरुले बनाउन चाहेको नेपाल के यस्तै थियो ? गम्भीर भएर समिक्षा नगर्ने हो भने हाम्रो पछिल्लो पुस्तालाई हामीले के जवाफ दिने त्यही निरिहता मात्र – त्यही कमजोरी मात्र ? र अन्तिममा उहाँ लेख्नुहुन्छ “त्यसैले क्रान्ति अझै बाकी छ”!!

याे पढ्न छुटाउनु भयाे की ?

श्रमिक अस्पताल निर्माणका लागि संभाव्यता अध्ययन प्रतिवेदन पेश

Friendship Khabar

पानी सफा गर्न ट्याङ्कीमै क्लोरिन

Friendship Khabar

द्वाल्खा संस्कृतिका जिउँदो इतिहाँसकार, ओछ्यान पर्दा गुमनाम

Kedar Dahal