केदार दहाल
बन्दै गरेको सङ्घीय शिक्षा ऐनले ४० हजार राहत शिक्षकको माग सम्बोधन नगरे उनीहरूले काठमाडौंमा आन्दोलनको राप र ताप बिस्फोट गर्ने भएका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको नामबाट आज सर्कुलर गरिएको पत्रमा पटक पटक वार्ता बसि सहमति भएका कुराहरु कार्यान्वयन नभएको र फेरि पनि तत्कालै आउन लागेकाे संघीय शिक्षा ऐनमा पनि सम्बाेधन नहुने सशङ्का रहेकाले केन्द्रीय, प्रदेश र जिल्ला स्तरिय सबै समितिहरुलाई तत्कालै बैठक बसि सम्पूर्ण राहत शिक्षकहरुलाई आन्दोलनको तयारिमा रहन समेत निर्देशन दिइएको छ ।