फ्रेण्डसिप खबर
देश बागमती प्रदेश समाचार

सहकारीका चुनौती व्यवस्थापन गर्न ११ बुदे प्रतिबद्धता

चरिकोट/जिल्ला सहकारी संघ लि,दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ लि. र व्यवस्थापकहरुको साझा मञ्च (CMF) को संयुक्त आयोजनामा दोलखा जिल्ला भित्रका १० करोड माथि पूँजि भएका सहकारी संस्थाहरुका अध्यक्ष तथा व्यवस्थापकहरुका विच सहकारीको वर्तमान चुनौतीहरु व्यवस्थापन र कानूनी कार्यान्वयनमा एकरुपता विषयक अन्तरक्रिया कार्यक्रम आज सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला भित्रका २८ ओटा सहकारी संस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम ले ११ बुदे साझा प्रतिवद्धता समेत जारी गरेको छ । जिल्ला सहकारी संघ लि. चरिकोट, दोलखाका अध्यक्ष देवी प्रसाद शर्माको अध्यक्षता र प्रोस्कुनका महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष भुमिराज खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका बारेमा व्ययवस्थापकहरुको साझा मञ्च (CMF) का तर्फबाट दिपक बस्नेतले प्रस्तुतिकरण गर्नु भएको थियो भने उक्त प्रस्तुति माथि ईश्वर न्यौपाने र नबराज दहाल लगाएतले टिप्पणी गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

रितबहादुर स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा

Friendship Khabar

खेलकुद महासंघका केन्द्रिय सदस्य कालिकोटे द्वारा एमाले परित्याग

Friendship Khabar

उद्यमी कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि सम्झौता

Friendship Khabar