फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ समाचार

जलवायु परिवर्तन सम्बन्धि सन्देशसँगै विश्व साइकल यात्रामा दाेलखाका कार्कि

केदार दहाल
दाेलखा/ दाेलखा जिल्ला कालिञ्चोक गाउँपालिका- ३ लामिडाँडा घर भएका अभिनय कार्की जलवायु परिवर्तन सम्बन्धि जनचेतनामूलक सन्देश सँगै विश्व साइकल यात्रामा आज सदरमुकाम चरिकोटबाट धुमधामका साथ यात्रा सुरु गरेका छन्।

यात्रीलाई दाेलखा बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गंगा कार्की ‘विश्व’ ले राष्ट्रिय झण्डा प्रदान गरेर विदाइ गर्नुभयो थियाे साथै यात्रीलाई विदाई गर्न प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, नेकपा एमालेका जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठ लगायत राजनीति दलका नेताहरु तथा सामाजिक संघसंस्थाका प्रतिनिधि सातोबाटो पुगेका थिए ।

साइकल यात्रामा कार्कीले यस अघि २०७७ सालमा “मेची- महाकाली” पैदलयात्रा तथा २०७८ सालमा मा साईकल यात्रा मार्फत नेपालका ७७ जिल्ला भ्रमण गरिसकेका छन् भने अब उनले साइकल बाटै संसार फन्को मार्ने भएका हुन् । 

याे पढ्न छुटाउनु भयाे की ?

पहिरो पीडितलाई लायन्स क्लबको राहत

Friendship Khabar

किसानको प्रश्न:-जनता पाल्ने कि जन्तु पाल्ने?

Kedar Dahal

युवा संघ दोलखाको आयोजनामा रक्तदान

Friendship Khabar