फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

सुनखानीमा विद्युतकाे फ्युज सेवा

चरिकोट/नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवालाई भरपर्दो बनाउन  कालिञ्चाेक गाउँपालिका वडा नं ८ सुनखानीमा फ्युज सेवा संचालनमा ल्याएको छ ।
आइतबार विहान कालिञ्चाेक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले प्राधिकरणकाे फ्युज सेवाले अब कालिञ्चाेक गाउँपालिका क्षेत्रका विद्युत भरपर्दो र गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।
सामान्य बेला पनि झ्याप्प झ्याल  बत्ती जाने र २,३ दिनसम्म अध्याँरोमा बस्नुपर्ने समस्या समाधानको लागि दोलखा वितरण केन्द्रले सेवा सञ्चालनमा ल्याएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए। फ्युज सेवा नहुँदा कालिञ्चोक गाउँपालिकाका ६ वटा वडाले बिजुलीको समस्या भोग्दै आएका थिए । गाउँमा रुखका हाँगाले नाङ्गो तार छुुदा र हावाहुरीले तारहरु लत्रिदा बेला बेलामा बत्तीको समस्या भोग्दै आएका थिए । फ्युज सेवा सञ्चालनमा आएपछि सामान्य समस्याहरु तुरुन्तै हल गर्न सकिने दोलखा विद्युत केन्द्रका प्रमुख ढकालले बताए । यश अघि कालिञ्चाेक गाउँपालिका क्षेत्रमा विद्युतका समस्या हुँदा सिंगटीदेखि आएर मर्मत संभार गर्न गर्नु पर्ने बाध्यता थियाे ।
सुनखानी फ्युज सेवा उद्घाटन कार्यक्रम नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालको अध्यक्षता र कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कालिञ्चोक गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष बालकृष्ण आचार्यले हावाहुरी लाग्दा र ठूलो पानी पर्दा छिनछिनमा बत्ती गएर सुनखानीबासीले भोग्दै समस्याको बारेमा आफ्ना धारणा राखेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

एमबी खड्का देशकै उत्कृष्ट दोश्रो कर्मचारी बन्न सफल

Friendship Khabar

समाजवादी काभ्रेको अधिवेशन तयारी पूरा

Friendship Khabar

भारी अन्तरले निर्वाचन जित्दैछौं :-खड्का

Friendship Khabar